Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0
‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई
70
SHARES
ShareTweet

बुटवल, १ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार हरिष ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको बिहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार युनियन रुपन्देहीका सल्लाहकार नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो ।
युनियन रुपन्देहीका सल्लाहकार छवि पाण्डे संयोजक रहेको छनौट समितिले गरेको सिफारिसका आधारमा ढकाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको युनियन रुपन्देहीकी सभापति रेखा भुसालले जानकारी दिनुभयो ।
युनियन रुपन्देहीले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधान
मन्त्री गिरिजाप्रसाद कोईरालाको देहवसानसंगै तत्कालिन युनियन रुपन्देहीका सभापति रामराज पोख्रेलको पालामा लोकतन्त्रका पक्षमा कलम चलाउने युनियनमा आवद्ध पत्रकारलाई पुरस्कृत गर्नेगरी उक्त पुरस्कार स्थापना गरिएको थियो ।
यस्तै बैठकले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७७’ छनौटका लागि समिति समेत गठन गरेको छ । युनियन रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा गठित समितिको सदस्यमा सभापति रेखा भुसाल र सल्लाहकार हरिष ढकाल रहनुभएको छ ।
त्यस्तैगरी बैठकले युनियन रुपन्देहीका सल्लाहकार हरि लम्साल नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा, सल्लाहकार खिमानन्द भट्टराई प्रदेश प्रतिनिधि, कार्यसमिति सदस्य राजकुमार यादव र कमला पाण्डे काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य र सदस्य अमृत पाण्डे गण्डकी प्रदेश प्रतिनिधिमा निर्वाचित भएको बधाई ज्ञापन गरेको छ । त्यस्तैगरी नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा वडामा निर्वाचित सबैलाई बधाई ज्ञापन गरेको छ ।
त्यसैगरी बैठकले बिभिन्न विभुषण तथा पुरस्कारबाट पुरस्कृत भएका युनियन रुपन्देहीका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकार र सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।

≪ Previous Post

ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा

Next Post ≫

रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क