Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0
ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा
110
SHARES
ShareTweet

बुटवल, १ पुस । भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागु नगर्दासम्म ट्रक व्यवसायीको पेशा सुरक्षित नहुने यातायात व्यवसायीहरुले बताएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा नव निर्वाचित कार्यसमितिको विहिवार आयोजित पद हस्तान्तरण समारोहमा वोल्ने यातायात व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायीको हितमा व्यवसायिक एकता कायम गरेर काम गर्ने प्रतिवद्वता जनाउनुभयो । सरकारले तोकेको भाडा कार्यान्वयनमा ल्याउन र भारतीय ओभरलोड गाडीहरुको आगमनलाई रोक्न अग्रजहरुको सल्लाह र व्यवसायीहरुसंग सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष पाण्डेको भनाई छ ।
कार्यक्रमका नेपाल ट्रक यातायात व्यवासायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले विधानलाई मानेर काम गर्न आग्रह गर्दै राज्यले तोकेको भाडा ब्यवहारमा ल्याउन नसक्नु ब्यवसायीहरुकै कमजोरी भएको बताउनुभयो ।
व्यवसायीले पुरा भडा लिनका लागि माल समानको अनिवार्य रुपमा विमाको व्यवस्था गनुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले व्यवसायलाई अब नयां प्रविधिको प्रयोग गरेर अगाडी बढाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । उहांले सरकारले तोकेको पुरा भाडा कार्यान्वयनमा ल्याउनका लागि स्थानीय संस्थाहरु र व्यवसायी सक्रिय हुनुपर्ने बताउंदै भारतीय ओभरलोड गाडी नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पुर्व अध्यक्षहरु रामेश्वर श्रेष्ठ, गुप्तबहादुर केसी, गणेशप्रसाद पन्थ, निवर्तमान महासचिव जीतबहादुर भाट क्षेत्री, पूर्व सचिव पंकज राई, निर्वाचन आयुक्त महेन्द्रप्रसाद पाण्डे, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

Next Post ≫

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क