Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0
काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
60
SHARES
ShareTweet

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेखर कोईराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुनुभएको हो । महामन्त्रीका लागि अलग अलग प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए ।
महामन्त्रीका लागि भएको निर्वाचनमा ४६८२ मत खसेकोमा थापाले ३०२३ मत र विश्वप्रकाशले २२४६ मत प्राप्त गरी महामन्त्री निर्वाचित हुनुभएको हो ।
यस्तै शेरबहादुर देउवाको प्यानलबाट महमन्त्रीमा उम्मेदवारी दिनुभएका प्रकाशशरण महतले १५५० र प्रदीप पौडेलले १४०९ मत प्राप्त गर्नुभएको छ । दोस्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा निर्वाचित हुंदा महत र पौडेल दुबैजना महामन्त्रीमा पराजित हुनुभएको छ ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्नुभएका मिनेन्द्र रिजाल पनि ८०९ मात्र मत प्राप्त गरी पराजित हुनुभएको छ । महामन्त्रीको प्रारम्भीक मत परिणाम आएसंगै आफ्नो हार स्वीकार गर्नुभएका रिजालले रक्षामन्त्रीबाट समेत राजीनामा दिनुभएको छ ।
यस्तै सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका राजाराम कार्कीले १०७ मात्र मत पाउनुभएको छ ।

≪ Previous Post

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

Next Post ≫

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क