काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।
मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक मत परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’
