२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१
काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ भने दास्रो स्थानमा रहनुभएका विश्व प्रकाश शर्माले ८५१ मत प्राप्त गर्नुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल थापा र शर्मा भन्दा पछि पर्नुभएको छ । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ । ताजा मत परिणाम अनुसार महतले ६९८ र पौडेलले ६२१ मत प्राप्त गर्नुभएको छ ।
शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका अर्का उम्मेदवार मिनेन्द्र रिजालले ३६५ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ५९ मत प्राप्त गर्नुभएको छ ।