Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गैडाको खाग सहित अर्घाखाँचीका तीन जना बुटवलबाट पक्राउ
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

गैडाको खाग सहित अर्घाखाँचीका तीन जना बुटवलबाट पक्राउ

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७८ · 0
गैडाको खाग सहित अर्घाखाँचीका तीन जना बुटवलबाट पक्राउ
80
SHARES
ShareTweet

बुटवल, २३ मंसिर । गैंडाको खाग सहित रुपन्देही प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ३ बजे बुटवल उप–महानगरपालिका वडा नं. ५ स्थित हरियाली होटल एण्ड लजबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गैडाको खाग कारोवार हुदै छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको चौथो तलाको ११८ नं. कोठामा शंकास्पद रुपमा बसेका जिल्ला अर्घाखाँची छत्रकोट गाउँपालिका वडा नं.७ सुर्यथुम बस्ने वर्ष ४८ को नर बहादुर सुनार, सोही ठाउं बस्ने वर्ष ५८ को पदम सुनार र वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपानेलाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको शरिर तलासी गर्दा सुमन न्यौपानेले लगाएको ज्याकेटको वायाँ भित्री गोजिमा कालो रङको ४ ईन्च गोलाई, ४ ईन्च लम्बाई भएको गैडाको खाग जस्तो चिज वस्तु बरामद गरेको छ । बरामद भएको खाग र पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।


यस्तै ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.
२ पुष्पनरसिंह टोलबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउं बस्ने बर्ष २० को जाबेद खानलाई लागु औषध नुफिन २४ एम्पुल, फेनारगन २४ एम्पुल र सेरि ज्याक २४ एम्पुल सहित पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट ९८६७१६६५३३ र ९८१४४३२२१४ नम्बरको सिम प्रयोग भएको किप्याड मोवाईल एक थान र विभिन्न दरका नोट ६ हजार समेत वरामद गरेको छ ।

≪ Previous Post

बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण

Next Post ≫

कुवंरवर्तीले चुम्यो तिलोत्तमा नगर स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क