Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७८ · 0
काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण
80
SHARES
ShareTweet

बुटवल, १५ मंसिर । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमति र एकताबाट पार्टीलाई मजबुद बनाउनु पर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले मंगलबार साँझ भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगर, तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधिका लागि आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाँणले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताउनु भयो । आपसी एकतालाई टुट्न नदिइ राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको महत्वपूर्ण उपलब्धि भएको उहांले बताउनु भयो ।
गृहमन्त्री खाँणले देश भित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटक पटक प्रहार गरिरहँदा पनि पार्टीलाइ एकताबद्ध कायम राख्नु नै काँग्रेस नेतृत्वको ठुलो उपलब्धि भएको दावी गर्नु भयो । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेर देशैभरी सकारात्मक सन्देश र उर्जा प्रवाह गरेको बताउनु भयो । कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै उहाँले नेताहरुले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो । नेता खाँणले लुम्बिनी प्रदेशमा पनि सर्बसम्मत नेतृत्व चयनकालागि आफुले पहल गरिरहेको र त्यसमा सफल हुने बताउनु भयो ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति एबं काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाइ निशुल्क गर्ने तर्फ काँग्रेसले ठोस कदम चाल्नु पर्ने बताउनु भयो । रुपन्देही जिल्ला सहित देशैभरी रहेको सुकुम्बासी समस्या समाधानकालागि तत्काल पहल चाल्न गृहमन्त्री खाँण मार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता शाहले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा पनि सोही कार्यक्रममा गर्नु भयो । नवनिर्वाचित जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयनमा भूमिका खेल्ने नेताहरुलाइ धन्यवाद दिदै आफु कुनै प्यानलको नभई साझा सभापतिको रुपमा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे, निवर्तमान जिल्ला सभापति अब्दुल रज्जाक, सचिव हरि काफ्ले लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

≪ Previous Post

लुम्बिनीमा त्रियान सम्मेलन : तीन यानको संस्कृतिलाई समृद्धिमा जोडिदै

Next Post ≫

नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क