Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनीमा त्रियान सम्मेलन : तीन यानको संस्कृतिलाई समृद्धिमा जोडिदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनीमा त्रियान सम्मेलन : तीन यानको संस्कृतिलाई समृद्धिमा जोडिदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७८ · 0
लुम्बिनीमा त्रियान सम्मेलन : तीन यानको संस्कृतिलाई समृद्धिमा जोडिदै
90
SHARES
ShareTweet

लुम्बिनी, १५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन शुरु भएको छ । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागि छन् । सम्मेलनको पहिलो दीन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।
थेरबाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसंग जोड्न सकिने भन्दै थेरवादी परसम्पराको प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सेनमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा. रिना तुलाधरले टिप्पणी गर्नुभएको छ ।
त्यस्तै थेरबाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा.डा. भिक्ष्ुा सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस कार्यपत्रमाथि इश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
त्यस्तै महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्रमाथि डा. शारदा पौडेलले टिप्पणी गर्नुभयो । सो विषयमा प्रा.डा. रमेश ढुंगेल, लोपेन कर्मा यान्चेनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको सेजनमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा. निमा शेर्पाले टिप्पणी गर्नुभएको थियो ।
त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा. तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यपत्रमाथि प्रा.डा. बिजय वरुवाले टिप्पणी गर्नुभएको थियो ।
त्यस्तै बज्रयान संस्कृति र समृद्धि विषयमा बिहिबार गोष्ठी हुनेछ । त्यसअघि सम्मेलनको सुभारम्भ कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसंग जोड्ने योजनासहि यो सम्मेलनको आयोजना गरेको बताउनुभयो ।
त्यस्तै रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसंग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पुराउने बताए । विश्वविद्यालयले पहिलो सम्मेलनबाट मन्थन भएका विचारहरुलाई नीति निर्माण तहसम्म पुराउने उनले बताए । बौद्ध शिक्षण पद्धतिको प्रवद्र्धन गरी बौद्ध दर्शनलाई जीवनयापनसंग जोड्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै बौद्ध दर्शन तथा प्रवद्र्धन गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पाले त्रियान सम्मेलनले बौद्ध दर्शन संस्कृतिका पुनरोत्थानमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
त्यस्तै उपेक्षा गुरुमाले बौद्ध संस्कृतिको संरक्षणका लागि यी सम्मेलनहरु महत्वपूर्ण हुने बताउनुभयो । त्यस्तै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बौद्ध धर्मका तीन यानका विषयमा सबैले जानकारी पाउनु पर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले बौद्ध संस्कृतिको संरक्षण र प्रवद्र्धनमा बौद्ध विश्वविद्यालयले गरेको यो सम्मेलन निकै प्रशंसनीय रहेको बतानुभयो ।
कार्यक्रममा बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, भिक्षु प्रा.डा. सांकिच्च, उपप्राध्यापक दयाराम गौतम लगायतले बोलेको थिए ।
१७ औं वार्षिकोत्सवमा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममका लागि राष्ट्रपति दिनको १२ बजे लुम्बिनी आउने बताइएको छ । सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

≪ Previous Post

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजना

Next Post ≫

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क