Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजना

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७८ · 0
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजना
60
SHARES
ShareTweet

२१ लाखसम्मका तीनप्रकारका बीमा सुविधा
बुटवल, १५ मंसिर । एनआईसी एशिया बैंकले निक्षेप योजनामा “सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता” योजना ल्याएको छ ।
यो योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिएको बैंकका लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले जनकारी दिनुभयो । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरूले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. एक लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्नेछन् । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले ओपिडी उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २०७५ चैत २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको हो । सोही बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू.३ करोड ८५ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकको यस बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताए । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको कार्कीले बताए । जसअन्तर्गत पाँच वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराइएको छ । यस्तो फाइदा नेपालको बैंकिङ्ग इतिहासमै सम्भवतः पहिलो हो । यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू.५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका फाइदाहरू रहेका छन् । साथै सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ । जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा रू २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रू १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र सो रकममा १०.१० प्रतिशत सम्मको ब्याजदर प्रदान गरिनेछ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।
ग्राहकहरूले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने बैंकले जनाएको छ । यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८.१० प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहकहरूले न्यूनतम रू. ३ लाख ३६ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ ।
यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

≪ Previous Post

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

Next Post ≫

लुम्बिनीमा त्रियान सम्मेलन : तीन यानको संस्कृतिलाई समृद्धिमा जोडिदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क