बुटवल, २५ कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्द सहितका चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक वक्तव्य जारी गर्दै कात्तिक २५ गते (बिहीवार) देखि चरणवद्ध आन्दोलनका कार्यक्रम सहित ३० गते नेपाल बन्दको घोषणा गर्नुभएको हो ।
विप्लवले जारी गरेको विज्ञप्तिमा चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत कात्तिक २५ बिहीवार दिउसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, २७ गते देशव्यापी रुपमा दिउसो १ बजे देखि २ बजेसम्म एक घण्टा प्रदर्शन, २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा चक्काजाम, २९ गते दिउसो सिठ्ठी जुलुस र साँझ मसाल जुलुस तथा कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरिएको छ ।
