Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0
आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु
60
SHARES
ShareTweet

काठमाण्डौं, २५ कात्तिक । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ कात्तिक २५ गतेदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणना ९ मंसिरमा सकिने छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरेको हो । विभागले बिहान ९ः३० बजे राष्ट्रपति भण्डारी र ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको विवरण दिउसो १ बजे संकलन गरिने छ ।
तथ्याङ्क विभागले जनगणनाको विवरण संकलनको लागि ४० हजार जना गणक फिल्डमा खटाएको छ । यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।
जनगणनाको पहिलो चरणमा घरधुरी तथा परिवारको सूचिकरण गरिसकिएको छ । सूचिकृत भईसकेका र कुनै कारणबस छुटेका सबै घरमा पुगेर गणकहरुले विस्तृत विवरण संकलन गर्नेछन् ।
४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ । एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले जानकारी गराउनु भयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उहांले बताउनु भयो ।
४० हजार जना गणकले १५ दिनमा विवरण संकलन गरिसक्नुपर्नेछ । भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि जनगणनाको लागि भारतसंग सरकारले कुटनीतिक पहल भईरहेको जनाएको छ । ती क्षेत्रमा भारतले अनुमति नदिए अनुमानका आधारमा जनगणना गरिने विभागले जनाएको छ ।

≪ Previous Post

विभिन्न पार्टी परित्याग गरी भैरहवामा ८ सय बढि नेपाली काँग्रेसमा प्रवेश

Next Post ≫

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क