Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अनधिकृत लेखापरीक्षणले बैधानिक लेखापरीक्षणमा चुनौती :लेखा ब्यवसायी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनधिकृत लेखापरीक्षणले बैधानिक लेखापरीक्षणमा चुनौती :लेखा ब्यवसायी

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0
अनधिकृत लेखापरीक्षणले बैधानिक लेखापरीक्षणमा चुनौती :लेखा ब्यवसायी
70
SHARES
ShareTweet

बुटवल बुटवल, २४ कात्तिक । लेखासम्बन्धी पेशामा संलग्न ब्यवसायीहरुले तटस्थता कायम गरी सम्पन्न गर्नुपर्ने लेखापरीक्षकको पेशागत कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनीहरुले काम गर्ने दौरानमा लेखापरीक्षकहरुले अनावश्यक दवावसमेत खेप्नुपरेको गुनासो समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय एकाउण्टिङ्ग दिवसका अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने लेखा ब्यवसायीहरुले गैर लेखाव्यवसायीहरुले कार्यालय खोलेर वा नखोलेर अनधिकृत रुपमा लेखापरीक्षणसँग सम्बन्धित कार्यहरु गरिरहेकाले पनि बैधानिक ढंगले भैरहेको लेखापरीक्षण ब्यवसायमा चुनौती थपिएको उनीहरुले औल्याए । अनधिकृत रुपमा भैरहेका यस्ता कार्यलाई नेपाल सरकार तथा सम्बन्धित निकायले तत्काल रोकी कारवाही गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बुटवलका पूर्व संयोजक सीए रुपेश महेश्वरीले लेखापरीक्षण पेशामा लागेका सबै ब्यवसायीहरु एकापसमा मिलेर अगाडी बढेमा मात्र संस्थाको गरिमा र विश्वस्नियता बढ्ने बताउनु भयो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले जारी गरेका सबै लेखामानहरू र आचारसंहिता सीए तथा रजिष्टर लेखापरीक्षक (आर ए) सबै सदस्यहरूका लागि समान रुपमा लागु हुनेहुंदा सबै सदस्यहरूले यसको पालना गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
आईक्यान बुटवलका संयोजक बरिष्ठ चार्टर एकाउन्टेन्ट्स शिब हरि शर्माले लेखपरीक्षकले गर्ने कारोवारको सीमा फरक भएपनि सबै लेखा परीक्षकले कानूनतः बहन गर्ने दायित्व समान भएकाले संस्थाको आचारसंहिता पालना गर्दै ब्यवसायिक मर्यादामा रहेर काम गर्नुपर्ने बताउनु भयो । उहांले जसले जस्को लेखापरीक्षण गरेपनि आफुले कारोवार गर्ने ब्यक्ति तथा फर्म चिनेर मात्र गर्न आग्रह गर्दै फर्मको संख्या बढाउने होडबाजीमा जस्को पायो उसैको फर्ममा हस्ताक्षर नगर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
आईक्यान बुटवल शाखाका सदस्य गोबिन्द प्रसाद रेग्मीले सञ्चालन र सदस्य सीए हरि लम्सालले स्वागत गर्नुभएको कार्यक्रममा आईक्यान बुटवल शाखा सदस्यहरु आरए डि आर शर्माले नेपालको सन्दर्भमा लेखाको ऐतिहासिक पृष्ठभूमि, सीए राजु कार्कीले अन्तर्राष्ट्रिय एकाउण्टिङ्ग दिवसको सन्दर्भमा र कार्यक्रमका अध्यक्ष तथा बुटवल शाखा संयोजक शिब हरि शर्माले नेपालमा लेखा ब्यवसायका अवसर र चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आईक्यान बुटवल शाखा सदस्य आरए नेत्र ज्ञवाली, अडानका केन्द्रीय सचिव साबित्री शर्मा, आईक्यान बुटवल शाखा सदस्य अच्यूत पाण्डे, अडान रुपन्देहीका अध्यक्ष आरए नारायण प्रसाद घिमिरे, नेपाल चार्टर एकाउन्टेन्ट्स संघ बुटवल च्याप्टरका अध्यक्ष छबि पोखरेल, पत्रकार खिमानन्द भट्टराई लगायतले बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट बिभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भैसकेका हुनाले सबैले आफ्नो पेशागत मर्यादालाई ख्याल गरी अस्वस्थ प्रतिष्प्रधा नगरी लेखामान अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन’ २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । यो संस्थाले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कामा गर्दै आईरहेको छ । संस्थाले प्रत्येक बर्ष नोभेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय एकाउन्टिङ्ग दिवस मनाउने गर्दछ ।

≪ Previous Post

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

Next Post ≫

पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्छ : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क