Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0
तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन
60
SHARES
ShareTweet

तिलोत्तमा, २४ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शुभबिहानी टोलमा बाल समूह गठन गरिएको छ । शुभबिहानी टोल विकास संस्थाका बालबालिकाहरुको भेलाले १५ सदस्यीय शुभबिहानी बाल समूह गठन गरेको हो ।
बाल समूहको अध्यक्षमा शुशान्त रेग्मी रहेका छन् भने उपाध्यक्षमा वर्षा भट्टराई, सचिवमा समर्पण भट्टराई, कोषाध्यक्षमा आशिष पौडेल र सहसचिवमा पुजा पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा अंशु थापा, रिजन राना, क्रृदम भुसाल, अनुज्ञा पोखरेल, एलिशा थापा, प्रजेश गौतम, प्रज्ञा अर्याल, स्लोक पन्थी, रिया कुँवर र आयूषा राना रहेका छन् ।
तिलोत्तमा वडा नम्बर ३ का जनप्रतिनिधि घनश्याम पौडेललगायतले बाल समूह गठनमा सहजीकरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै पौडेलले बाल समूहलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिंदै समूहले गर्नुपर्ने काम लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
तिलोत्तमा नगरपालिकाको बाल समूह गठन तथा सहजीकरण निर्देशिका–२०७६ मा स्थानीय तहमा सूचीकृत भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको समूहलाई सहभागी गराएर बाल समूह गठन गर्न सक्ने व्यवस्था छ । निर्देशिकाले बालबालिकाको संगठन स्वतन्त्रताको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने, बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा टेवा पु¥याउने, बालमैत्री पूर्वाधार विकासमा टेवा पु¥याउनेलगायतका उद्देश्य राखेको छ । यस्ता बाल समूहहरु कुनै टोल, बस्ती वा वडाभित्र ८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराएर गठन गर्न सक्ने व्यवस्था छ ।

≪ Previous Post

राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

Next Post ≫

अनधिकृत लेखापरीक्षणले बैधानिक लेखापरीक्षणमा चुनौती :लेखा ब्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क