Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0
राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध
70
SHARES
ShareTweet

भैरहवा, २४ कात्तिक । भोली देखि सुरु हुने दोश्रो चरणको राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाले अनुरोध गरेको छ । “कोही पनि नछुटौ, कोही पनि नदोहोरिउँ” भन्ने नारा सहित भोली देखी घर घरमा आउने गणकलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक २५ गते देखि मंसिर ९ गते सम्म चल्ने जनगणनामा मूख्य प्रश्नावली लिएर आउने गणकलाई आफ्नो यथार्थ विवरण दिन आग्रह गरेको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रत्येक १० बर्षमा हुने जनगणनाले गाउँपालिकाको यथार्थ विवरण आउने हुंदा यसमा सबैले सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गर्नुभयो ।
अध्यक्ष यादवले गाउँपालिकामा हुने मानिस बसोबास, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या, तिनीहरूको बासस्थान र सुविधा, पेशा ब्यवसाय, रोजगारीको अवस्था, जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू, शिक्षा र साक्षरताको अवस्था, बसाइँसराईको अवस्था, जन्म तथा मृत्युको अवस्था, शारीरिक वा मानसिकरूपमा अपाङ्गता भएका व्यक्ति, विदेश गएका ब्यक्तिको संख्या जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुने भएकोले यसमा सहयोग गर्न नागरिकलाई अपिल गर्नुभएको हो ।
रोहिणी गाउँपालिकामा हुने जनगणनालाई समन्वय गर्न गाउँपालिकामा स्थानीय जनगणना समन्वय समिति समेत गठन भई सकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको संयोजकत्वमा ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख हरिनारायण श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरे, वडा सचिवहरुको तर्फबाट राजकुमार मिश्र र स्थानीय जनगणना अधिकारी शेखरनाथ पन्थी सदस्य सचिव रहने गरि ५ सदस्यीय समिति गठन भएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिकामा ३९ जना गणक र ९ जना सुपरिवेक्षक खटिएका छन् । पहिलो चरणमा घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको भने दोश्रो चरणमा गणकहरु मूख्य प्रश्नावली लिएर घर घर पुग्ने कार्यक्रम छ ।
सरकारले यस पटकको जनगणनाका लागि “मेरो गणना मेरो सहभागिता” भन्ने नारा तय गरेको छ । यसपटक गर्न लागिएको १२ औं जनगणना हो । नेपालमा बिस १९६८ बाट जनगणना सुरु भएको थियो । यस अघि २०६८ मा जनगणना भएको थियो । त्यो सय वर्षको ११औं जनगणना हो । हालसम्म ११ वटा जनगणना सम्पन्न भइसकेका छन् । १९६८ पछि नेपालमा करिब १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ ।

 

≪ Previous Post

बुटवल–पाल्पा सडकखण्ड रातको समयमा सवारी आवागमन बन्द

Next Post ≫

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क