भैरहवा, २४ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताउनु भएको छ । उहांले गठबन्धनको सरकारलाई बचाउँदै आउने स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्नेमा जोड दिनुभएको हो । नेपाल महिला संघ रुपन्देहीले गृहमन्त्री भई रुपन्देही आगमनका अवसरमा उहांको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपाली काँग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानिय निर्वाचन र आम निर्वाचन सफल बनाउनका लागि नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाँणले वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेस मात्रै भएकाले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडी लैजान र पहिलो पार्टी बनाउनका लागि गठबन्धनलाई बचाँउदै अगाडी बढ्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।
नेपाल महिला संघलगायतका पार्टीका भातृ तथा शुभेछुक संस्थाहरुले नेपाली काँग्रेसको आधारस्तम्भ र मुल मेरुदण्डको रुपमा भूमिका खेलेको उल्लेख गर्दै मन्त्री खाँणले लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिलाई सवल वनाउनका लागि नेपाली काँग्रेसलाई बलियो बनाउन आवशयक रहेको बताउनु भयो ।
नेपाली काँग्रेसले आफ्नो स्थापना कालदेखि नै प्रजातन्त्रलाई आस्थाको मुल सिद्धान्त स्वीकार गरेको छ मन्त्री खाँणले भन्नुभयो–‘मुलुकका कतिपय राजनीतिक पार्टीहरुले आफु कमजोर भएकाबेला प्रजातान्त्रिक शक्तिहरु संग र नेपाली काँग्रेससंग हातेमालो र सहकार्य गर्नका लागि लोकतान्त्रि मुल्य र मान्यता माथि नै प्रहार गरिरहेका छन् ।’
‘नेपालको राष्«िटयताको सम्वद्र्धन गर्नका लागि अन्य राजनीतिक दलहरुसंग सहमति र सहकार्यका वावजुद पनि नेपाली काँग्रेसलाई सवल वनाउनु आजको आवश्यक्ता हो । नेपाली काँग्रेस वलियो भयो भने संविधानको पालना गर्न, जनताका हक अधिकार सुनिश्चित राख्न र संविधानका मौलिक हकहरुलाई कार्यान्वयन गर्न सकिन्छ ।’ मन्त्री खाँणले भन्नुभयो–‘नेपाली काँग्रेस कमजोर भयो भने एउटा रानजीतिक दल, दलका नेताहरु र कार्यकर्ताहरु मात्र कमजोर हुने होइन मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधान कमजोर हुन्छ भने शान्ति प्रक्रियाले बाटो विराउन थाल्दछ । त्यसैले सरकारले मुलुकमा स्थायी शान्तिका लागि विभिन्न राजनीतिक दलहरुसंग सम्वाद र वार्ता गरिरहेको छ ।
नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाहीको सभापतित्वमा कार्यक्रम भएको थियो ।