Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ करिव ७ लाख मुल्य बराबरको अबैध पटाका बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करिव ७ लाख मुल्य बराबरको अबैध पटाका बरामद

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७८ · 0
करिव ७ लाख मुल्य बराबरको अबैध पटाका बरामद
80
SHARES
ShareTweet

भैरहवा, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न ठाउंबाट तिहारका लागि भारतबाट अबैध रुपमा नेपाल ल्याउंदै गरेको अवस्थामा करिव ७ लाख मुल्य बराबरका पटाका बरामद गरेको छ ।
जिल्ला तथा मातहतका विभिन्न प्रहरी कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले कात्तिक १३ र १४ गते भारतबाट भन्सार छली अबैध रुपमा नेपाल ल्याउंदै गरेको अवस्थामा ६ लाख ८८ हजार ७३६ रुपैयाँ बराबरको पटाका बरामद गरेको हो ।
यसरी बरामद गरिएको पटाका जिल्ला प्रहरी कार्यालयले पत्रकार र स्थानीयको रोहबरमा खाडल खनी गाडेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १ लाख २६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५००, प्रहरी चौकी मैनिहवाले ९१ हजार र ईलाका प्रहरी कार्यालय मंगलापुरले ८३ हजार ४१६ रुपैयाँ बराबरको पटाका बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनी तथा मातहतका प्रहरी कार्यालयले ८१ हजार, ईलाका प्रहरी कार्यालय बेलहियाले ३५ हजार, ईलाका प्रहरी कार्यालय मर्चवारले २२ हजार ५००, प्रहरी चौकी खैरेनीले २१ हजार, प्रहरी चौकी गुलरियाले १९ हजार २०, प्रहरी चौकी कालिदहले १४ हजार र प्रहरी चौकी मर्यादपुरले ५० हजार ३०० रुपैयाँ बराबरको अबैध पटाका बरामद गरेको थियो ।

≪ Previous Post

श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान

Next Post ≫

१० जिउ अबैध राँगा भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क