Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७८ · 0
श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान
50
SHARES
ShareTweet

बुटवल, १५ कात्तिक । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई श्रीलंकाले पुस्तक उपहार दिएको छ । नेपालका लागि श्रीलंकाका राजदुत हिमाली शुभासिनी अरुनतिलकाले सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका लागि बौद्ध दर्शनसंग सम्बन्धित १ सय १ थान पुस्तक श्रीलंकाले दिएको हो । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति बज्राचार्यले यी पुस्तकले बौद्ध दर्शन अध्ययन गरिरहेका विद्यार्थीको पठनपाठनमा सहज हुने बताउनुभयो । उहाँले विश्वविद्यालयले सुविधासम्पन्न केन्द्रीय पुस्तकालय निर्माण गरेकाले त्यसमा सयौं पुस्तकहरु राखिने बताउनुभयो ।
‘हामीले बौद्ध मुलुकहरु अनुसारको कक्ष नै बनाएर पुस्तक राख्ने योजना बनाएका छौं, त्यसमा एउटा श्रीलंका कक्ष हुनेछ, उहाँले राजदूतलाई भन्नुभयो–‘पुस्तकालयका लागि पुस्तक संकलनको काम निरन्तर भइरहेको छ ।’
सो अवसरमा बोल्दै राजदूत अरुनतिलकाले बौद्ध शिक्षाको माध्यमबाट नेपाल र श्रीलंकाबीचको सम्बन्ध बलियो हुदै जाने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकाका विश्वविद्यालयबीच आपसी सम्बन्ध कायम राखी शैक्षिक विकासमा काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
बुद्ध जन्मस्थल महत्वपूर्ण तिर्थस्थल रहेको भन्दै उहाँले श्रीलंकालीहरु लुम्बिनी आउन लालायित हुने बताउनुभयो । लुम्बिनीको पर्यटनले यस क्षेत्रकै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो । आफू लुम्बिनी बौद्ध विश्वविद्यालयमा दोस्रो पटक भ्रमण गर्न पाउदा उत्साहित भएको समेत उहाँले बताउनुभयो ।
सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्य, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. रामचन्द्र पौडेल, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले, केन्द्रीय क्याम्पस प्रमुख नीरबहादुर गुरुङ, सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल, पूर्व क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपानेले बोल्दै श्रींलकाका बौद्ध विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सहकार्य निरन्तर हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा भिक्षु डा. संकिच्च महास्थविरले श्रीलंकाली राजदुतावासले विश्वविद्यालयसंग निरन्तर सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले श्रीलंकामा बुद्ध शासन मन्त्रालयले प्रकाशन गरेका पुस्तकहरु नै विश्वविद्यालयका लागि आएको जानकारी गराउनुभयो । कार्यक्रम संयोजन भिक्षु संकिच्च महास्थविरले गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीमा ९ लाख बढिको अबैध सामान बरामद गरी भन्सार चलान

Next Post ≫

करिव ७ लाख मुल्य बराबरको अबैध पटाका बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क