Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा ९ लाख बढिको अबैध सामान बरामद गरी भन्सार चलान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा ९ लाख बढिको अबैध सामान बरामद गरी भन्सार चलान

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
रुपन्देहीमा ९ लाख बढिको अबैध सामान बरामद गरी भन्सार चलान
100
SHARES
ShareTweet

भैरहवा, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध चोरी निकासी कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न विशेष अभियान संचालन गरेको छ । अभियान अन्तर्गत दिनहुंजसो जिल्लाका विभिन्न ठाउंमा खटिएको प्रहरी टोलीले लाखौं मुल्यका अबैध मालसामान बरामद गर्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली शनिवार र आईतबार जिल्लाका विभिन्न ठाउंबाट भारतबाट अबैधरुपमा नेपाल ल्याउदै गरेको अवस्थामा करिव ९ लाख बढिको अबैध सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयूक्त प्रहरी टोलीले कोटहिमाई गा.पा.–३ सियाघाटमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका प्लाष्टिकका भाँडाहरु र कोटहिमाई गाउँपालिकाको बिभिन्न स्थानहरुबाट नेपाली र भारतीय नम्बर प्लेटका दुई मोटरसाईकल सहित २ लाख ९३ हजार ७०० का विभिन्न किसिम्का सामान बरामद गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगर नगरपालिका ८ बसडिलवामा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको टिसर्ट, ट्रायक सुट, इनर कपडा, इलाष्टिक, कपडा नाप्ने फिता, हुक, टाक, कुर्था सुरुवाल लगायत साडी, पर्दा, बदाम, डेरी मिल्क, गोल्डी मसला र चिनी गरी २ लाख ४३ हजार ८८० बराबरको अबैध मालसामान बरामद गरेको छ ।
प्रहरी चौकी चनौलिबगाहाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका ४ रोहिणी पुलमा भारतबाट अवैध रुपमा ल्याएको लेहेङगा, सुईटर, सुट, स्टिज मेसिन सहित १ लाख बराबर र ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका १५ पत्थरडाँडा तथा मधवलिया चोकमा भारतबाट अबैध रुपमा भन्सारछली ल्याउँदै गरेको ३९ हजार ७५६ बराबरको २२ प्याकेट पापड बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका ११ मझौलि चोकमा रु .३७ हजार ५०० बराबरको १० वोरा चिनि तथा प्रहरी चौकी बगौली रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका ७ पैसियाघाटमा भारत बाट भन्सार छलि अबैध रुपमा ल्याउदै गरेको बच्चाको टाउजर, पेन्टी कट्टु, स्ल्याक्स, पाईन्ट लगायतका सामान गरी ३३ हजार ५० बराबरको अबैध मालसामान बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका २ झण्डीबजारमा २५ हजार बराबरको अबैध मालसामान तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका १३ देबकोटाचोकमा बैधरुपमा भारतबाट भन्सार छली ल्याएको २० हजार बराबरको थान कपडा बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी शुक्रौलीआमाबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका २ लम्तियाघाटमा भारत बाट भन्सारछली अवैध रुपमा ल्याउदै गरेको १५ हजार बराबरको साडी र सादा र रंगिन प्रिन्टेट पोस्टर तथा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका १ सिसैमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ५ हजार बराबरको अबैध चिनि बरामद गरेको छ ।
यसरी विभिन्न ठाउंबाट बरामद गरिएको ८ लाख ९२ हजार ८ सय ८६ रुपैयाँ बराबरको अबैध सामान र मोटरसाईकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ७ लाख बढिको अबैध काठ बरामद

Next Post ≫

श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क