Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ राखियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ राखियो

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ राखियो
80
SHARES
ShareTweet

लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न राष्ट्रपति भण्डारीको आह्वान
भैरहवा, १४ कात्तिक । रुपन्देहीको भैरहवामा संचालनको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्तिको’ राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नु भएको छ ।
साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाई १.९ मिटर र चौडाई ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा ल्याइएको हो । उक्तमूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।
बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा महाकरुणा बुद्ध मूर्ति राखिनुले यहाँबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गर्नुभयो । बुद्धका उपदेश अनुशरण बाटै विश्वमा शान्ति कायम हुन सक्ने भएकाले सबैले आफ्नो जीवनमा अनुशरण गर्ने र विश्वभर पु¥याउनुपर्ने राष्ट्रपति भण्डारीले बताउनु भयो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनु भयो ।
विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाई विदेशी पर्यटक र अध्ययन अनुसन्धानकर्तालाई आकर्षित गर्नेतर्फ ध्यान दिन सम्बन्धित निकायलाई राष्ट्रपति भण्डारीले आह्वान गर्नुभयो ।
बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन विमानस्थल ब्यवस्थापनलाई निर्देशन दिनुभयो । ‘विमानस्थल अविलम्ब सञ्चालनमा ल्याइयोस्,’ गृहमन्त्री खाँणले भन्नुभयो–‘सरकारले के सहयोग गर्नुपर्छ तयार छ, छिटो क्यालिब्रेसन फ्लाइट गराउन निर्देशन दिनु भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भयो । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी आउनु भएकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नु भएको हो ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत आइतबार बिहान लुम्बिनी आउनु भएको हो । लुम्बिनीमा राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्नु भएकोे लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनी शुरू

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ७ लाख बढिको अबैध काठ बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क