Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनी शुरू
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनी शुरू

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनी शुरू
60
SHARES
ShareTweet

बुटवल, १४ कात्तिक । बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनी शुरू भएको छ । २ दिनसम्म संचालन हुने चित्रकला प्रर्दशनीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले एक समारोहबिच आईतबार उद्घाटन गर्नुभयो ।
उहांले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताउनु भयो । नगरमा बुटवल प्रज्ञा परिषद् बनाएर काम गरिएको बताउंदै उहांले समयमै कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न नसके ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिनुभयो ।
बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान अन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसंगको सहकार्यमा चित्रकला प्रर्दशनी आयोजना गरिएको हो । प्रदर्शनीमा चित्रकला सम्बन्धि विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गर्नुभयो ।
सो अवसरमा बोल्दै उपमहानगरकी उपमेयर गोमादेबी आचार्यले परिषदको सक्रियताको प्रशंसा गर्नुभयो । उहांले संस्कार र संस्कृतिको जगेर्नामा लाग्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङको संचालनमा उद्घाटन कार्यक्रम भएको हो ।
सो अवसरमा कला तथा अनुसन्धान विभागका सदस्यहरु झविन्द्र थापा, बेनप्रसाद थापा लगायलते आआफ्ना भनाई राख्नुभएको थियो । चित्रकला प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका छन् । बुटवलको न्यु इरा होटलमा शुरू भएको चित्रकला प्रदर्शनीमा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान अन्तर्गतको बिद्वत परिषद्का सदस्य कपिल ज्ञवालीले जानकारी दिनुभयो । प्रदर्शनीको सोमबार समापन गरिने छ ।

≪ Previous Post

लाफा समूहमा रक्तदान, आर्थिक सहयोग हस्तान्तरण र खेलाडी सम्मान

Next Post ≫

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ राखियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क