Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण
140
SHARES
ShareTweet

बुटवल, १४ कात्तिक । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले गणतन्त्र, संविधान र अहिलेको व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सरकारको मूल दायित्व नागरिकको जीवन रक्षासँगै संविधानको पालना गराउने भएको भन्दै मन्त्री खाँणले यसका लागि संविधानको मूलधारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताउनु भयो ।
आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित आफ्नै निवासमा भेला भएका पार्टीका नेता, कार्यकर्ता, उद्योगी ब्यवसायी र पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बेल्दै गृहमन्त्री खाँणले आगामी आम निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहने पनि बताउनु भयो । संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउनका लागि सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाँणले शान्ति र स्थायित्व कायम गर्न संविधानको सफल कार्यान्वयन र व्यबस्था रक्षाको लागि सरकार गम्भिर रहेको बताउनु भयो ।
गृहमन्त्री खाँणले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुइटा पाटा रहेको बताउँदै पत्रकारिता स्वतन्त्र भए लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो । सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गर्दै उहांले आलोचनाबाट नै सरकार सच्चिन सहयोग मिल्ने उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा गृहमन्त्री खाँणले वेमौषमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुवानका कारण भएको जनधनको क्षति प्रति सरकार गम्भीर रहेको र यसको उचित व्यबस्थापन गरिने बताउनु भयो । बाढी पहिरो तथा डुवान प्रभावितलाई राहतको लागि सरकारको तर्फबाट सम्बोधन समेत भईसकेको उहांले बताउनु भयो ।
स्पेनबाट प्राप्त बुद्धमुर्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले अनावरण गर्ने कार्यक्रममा सहभागि हुन गृमहन्त्री खाँण रुपन्देही आउनु भएको हो ।

≪ Previous Post

कोहार समुदायको माटाका भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा

Next Post ≫

न्यू होराइजन स्कूल बुटवलका प्राचार्य लोकनाथ उपाध्यायलाई मातृशोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क