Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोहार समुदायको माटाका भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोहार समुदायको माटाका भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
कोहार समुदायको माटाका भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा
80
SHARES
ShareTweet

जितेन्द्र चौधरी
भैरहवा, १४ कात्तिक । तिहार नजिकिएसंगै माटाका भाँडा बनाउने समुदायलाई भाँडा बनाउन र र बिक्री वितरण गर्न भ्याईनभ्याई भएको छ । दशैं सकिएर तिहारको चहलपहल शुरु भएसंगै उनीहरु बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटोको भाँडा बनाउने काममा व्यस्त रहन्छन् ।
विगत ५० वर्षदेखि पुख्र्याैली पेशाको संरक्षण गर्दै आएका रुपन्देहीका एक कोहार दम्पति माटोका भाँडा बनाउने काममा ब्यस्त देखिन्छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बेतवलियाका दुखी कोहार र उनकी श्रीमती इश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने काम गर्दछन् । उनीहरुको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरु उपलब्ध गराउने ।
अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको बस्ने उनीहरु बताउँछन । उनीहरुले बनाएको माटोका भाँडाहरु भैरहवा, ठुटिपिपल, कोटिहवा, मणिग्राम, बुटवल लगायतका विभिन्न ठाउँमा खपत हुने गरेको छ । व्यापारीहरुले तिहार अघि नै यस्ता भाँडा बनाउनका लागि अर्डर दिने गरेकाले उनीहरुको माग अनुसारका भाँडा बनाउने र आफुले पनि खुद्रा बिक्री गर्नका लागि माटोका भाँडाहरु बनाउने काममा दिनरात खटिने गरेको उनीहरु बताउंछन् ।
तिहार र छठ पर्वलाई लक्षित गरी माटोको दियो, चौमुखे दियो, कलश लगायतका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा उनीहरु लागि परेका छन् । भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले हप्ता अगाडी नै माटोको जोहो गर्नुपर्ने दुखी कोहार बताउनु हुन्छ । ‘गाउँ नजिकै रहेको रोहिणी नदिमा उक्त माटो सहजै पाईने हुँदा माटोका लागि धेरै टाढा भौतारिनु पर्दैन’ कोहारले भन्नुभयो ।
‘म लगभग ६÷७ वर्षको थिएं होला । बुवाले गर्दै गरेको काम देखेर मैले पनि गर्न थालें । बुवाले यसो होइन यसरी हो भनेर सिकाउनु भयो । विस्तारै विस्तारै माटोका भाँडामा आकार पनि दिन सिके । त्यही गिलो माटोमा आकार दिँदै मेरो बालापन बित्यो, युवा अवस्था बित्यो र पचास वर्ष पार गरिसक्दा पनि यो पेशामा निरन्तर खटिरहेको छु । अहिले पनि काममा पहिलन जस्तै जोस र जांगर छ ।’ दुखी कोहारले आफ्नो विगत र वर्तमान सुनाउनु भयो ।
तर, पछिल्लो समय भने कोहार लाई चिन्ताले सताउन थालेको छ । विगतमा जस्तो माटाका भाँडाको विक्री नहुंदा कोहारलाई आफू सहित १७ सदस्यीय परिवारको जिविकोपार्जन कसरिु गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । पुस्तौनी पेशाको संरक्षण र निरन्तरता दिदै आएका कोहारलाई आफूले संरक्षण गर्दै आएको पुस्तौनी पेशा लोप हुने होकी भन्ने अर्को चिन्ता पनि छ । अहिलेको नयाँ पिढीलाई यो पेशा प्रति रुची छैन र कसैले पनि यो पेशा अगाल्न चाहदैनन् ।
‘यो काम गर्न निकै समस्या हुने गरेका कारण पनि नयाँ पुस्ताले यो काम प्रति त्यति चासो रुची राख्दैनन् ।’ माटोसंग खेल्नुपर्छ, त्यो पनि काँचो माटो काम गर्दा फोहोर उस्तै । झन् गाह्रो काम पनि भएकाले आफ्ना छोराछोरीहरु यस्तो काम पनि गर्ने भनेर तर्किन्छन् ।’ कोहारले गुनासो गर्नुभयो ।
प्लाष्टिकका भाँडाको प्रयोगले माटाका भाँडा प्रयोगमा कमी
आजभोलि प्लाष्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका समुदायको पेशा संकटमा परेको छ । घैटो, दियो, कलश लगायत माटोको भाँडा बनाएर जिविकोपार्जन गर्दै आएका तराईबासी कोहार समुदायको पेशामा प्लाष्टिकका बाल्टिन, जग, डस्ट्विन लगायतका सामानको बढ्दो प्रयोगले उनीहरुको पेशा संकटमा परेको हो । त्यस्तै हिन्दुहरुको महान चाड बडा दशैं, तिहार र छठमा पनि मैनबत्ति र विद्युतीय झिलिमिली बत्तिकै बढी प्रयोग भएको देखिन्छ ।
केही वर्ष अघि मात्रै यी चाडपर्व र विभिन्न पूजापाठमा माटोका सामग्रीहरुको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थे । फलस्वरुप उनीहरुलाई ती भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर अहिलेको समाज आधुनिकतामा रमाएर प्लाष्टिक र धातुका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरु प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय चौपट हुन लागेको दुखी कोहार बताउनुहुन्छ ।
उहांका अनुसार, करिब १० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारको एक वर्षमा दुई देखि तीन लाख रुपैँया कमाई हुने गर्दथ्यो । तर अहिले खासै बिक्री नै हुदैन । भैहाल्यो भने चाडपर्वको बेला ५० हजार मुस्किलले माटोका सामाग्री बेचेर आम्दानी हुन्छ । यो पेशाले मात्रै जीवनगुजारा गर्न सक्ने अवस्था छैन । ‘माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आफूहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ’, कोहारले भन्नुभयो–‘अहिलेको महँगो जमानामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतका सामाग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।’
आफुहरुको जातीय पेशा व्यसायीकरण नहुँदा युवा पुस्ता अन्य पेशा, व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको कोहार बताउनु हुन्छ । माटोका भाँडा बनाउने पेशाको व्यवसायीकारण र उनीहरुको पुख्र्यौली पेशा तथा मौलिकतालाई संरक्षण गर्न सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाहरुले पनि ध्यान दिनुपर्ने देखिन्छ ।

≪ Previous Post

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

Next Post ≫

गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क