Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७८ · 0
एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी
90
SHARES
ShareTweet

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी
भैरहवा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाउनु भएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले ओलीले आफूलाई संविधान, पार्टी विधान र विचार भन्दा माथि राखेर अघि बढेको बताउनु भयो ।
‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ’, उहांले भन्नुभयो–‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ।’ एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको बताउँदै विश्वासीले यसले कम्युनिष्टहरु बलियो नहुने र झनपछि झन खुम्चिने उल्लेख गर्नुभयो । जनाए ।
कम्युनिष्ट पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने बताउंदै उहांले समाजवादी विचार र सिद्धान्तमा निर्माण भएको एकीकृत समाजवादी पार्टीलाई जनतामाझ लगेर झनै बलियो र एक नम्बर पार्टी बनाउनुपर्छ भन्ुभयो । पछिल्लो समय समाजवादीमा युवापुस्ता, सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण बढेको जनाउँदै सचिव विश्वासीले सबैको भरोसायोग्य पार्टी बनाउने दावी गर्नुभयो ।
पार्टीका केन्द्रिय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्यनारायण कसौधनले वास्तविक कम्युनिष्ट पार्टी समाजवादी भएको उल्लेख गर्नुभयो । उहांले पार्टीका नीति, सिद्धान्त र विचार बोकेर जनतामाझ जानुपर्ने र समाजवादीलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।
प्रदेश कमिटी सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले नवौं राष्ट्रिय महाधिवेशनपछि निर्वाचित एमाले नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई छियाछिया पारेको आरोप लगाउनु भयो ।
‘यसैले समाजवादी गठन गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएका हौं’, उहांले भन्नुभयो–‘समाजवादीले जुन खालको एजेन्डा, विचार र दृष्टिकोण बोकेका छ, यसले कम्युनिष्ट आन्दोलनलाई जोगाउने मात्र होइन पुनरुत्थान गर्छ ।’ समाजवादीले युवा, महिला तथा श्रमजीवी र सबै क्षेत्रको प्रतिनिधित्व गर्ने र आम नागरिकको आवाज बोक्ने उहांले दावी गर्नुभयो । पछिल्लोपटक एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आएको टिप्पणी समेत गर्नुभयो ।
समाजवादी रोजेर आफूहरु सही ठाउँमा भएको र सढी ढंगले अघि बढेको बताउंदै अध्यक्ष गुरुङले रुपन्देहीको कम्युनिष्ट आन्दोलन रक्षा गर्न र युवाका सपना साकार पार्न पनि सबै समाजवादीमा गोलबन्ध हुनुपर्ने बताउनु भयो ।
पार्टी केन्द्रिय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले समाजवादीले व्यक्तिलाई प्रमुख नठान्ने बताउँदै आफूहरुले सिद्धान्त, नीति, नियम, कानून र संविधान मान्ने बताउनुभयो ।
‘यसैले हामी कम्युनिष्ट आन्दोलनमा लागेर समाजवादी पार्टी छानेका हौं’, उहांले भन्नुभयो–‘हाम्रा, विचार, सिद्धान्त, नीति सबै सही छन्, अब आम जनतामाझ गएर यसलाई स्थापित गर्नुपर्छ ।’
कार्यक्रममा पार्टी नेताहरु श्रीराम यादव, अविराम रसाइली, सरिता श्रीस, रामबहादुर बस्नेत लगायतले बोल्दै कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न समाजवादीलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
युवा संघ र पिपुल्स भोलियन्टर गठन
यसैबीच नगर भेलाले ५१ सदस्यीय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी गठन गरेको छ । नितेश जालन्धरको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्ण कुँवर, बसन्त क्षेत्री, विवेक थापा छन् । यस्तै, सचिवमा विनम्र थापा क्षेत्री, कोषाध्यक्षमा समिर पन्थ, सह–सचिवमा प्रतीक क्षेत्री, अब्दुल हफिज र सुमित तुलाधर छन् ।
यस्तै, युवाको नगर भेलाले गम्भीरजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय पिपुल्स भोलियन्टर गठन गरेको छ । जसको सचिवमा चिश्चल गुरुङ छन् ।

≪ Previous Post

पूर्वी नवलपरासीमा बालिका बलात्कार घटनामा सम्लग्न ७ जना पक्राउ

Next Post ≫

कोहार समुदायको माटाका भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क