Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पूर्वी नवलपरासीमा बालिका बलात्कार घटनामा सम्लग्न ७ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी नवलपरासीमा बालिका बलात्कार घटनामा सम्लग्न ७ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७८ · 0
पूर्वी नवलपरासीमा बालिका बलात्कार घटनामा सम्लग्न ७ जना पक्राउ
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपुर, १३ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाकी एक बालिकालाई विभिन्न समयमा बलात्कार गर्ने ६ जना र त्यसमा सहयोग गर्ने एक जना महिलालाई नवलपुर प्रहरीको गिरफ्तार गरेको छ ।
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार सहित मध्यविन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो र १७ वर्षीय एक जना बालक र घटनामा सहयोग गरेको आरोपमा २३ वर्षीय लक्ष्मी कुमाल र घटनामा संलग्न थप दुई जना बालकलाई गिरफ्तार गरेको हो ।
१४ वर्षीया बालिकालाई बिभिन्न समयमा भएको बलात्कारको घटनामा अहिले नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताउनु भयो ।
आरोपित सबैलाई प्रहरी हिरासतमा राखेर उनीहरुसंग सोधपुछ गरिरहेको नवलपुर प्रहरीले जनाएको छ । पीडित बालिकालाई आवश्यक मनौबैज्ञानिक परामर्श सहित घटनाको बिषयमा प्रहरीले जानकारी संकलन गरिरहेको छ ।
पीडित बालिका माथि एक महिना अगाडिदेखि बिभिन्न व्यक्तिहरुबाट बलात्कार भएको अनुसन्धानको क्रममा खुलेको एसपी मल्लले बताउनु भयो । प्रहरीले कात्तिक १२ गते बिहान घटनाको बिषयमा जानकारी प्राप्त गरेको थियो । लगतै प्रहरीले घटनामा सम्लग्न ५ जनालाई पक्राउ गरेको थियो भने आज कात्तिक १३ गते थप दुई जना बालकलाई पक्राउ गरेको हो ।
भारतिय नागरिक अभिमन्यु कुमारसंग पीडित बालिका देखेपछि मध्यविन्दु–६ का स्थानीयले बालिकालाई बेचबिखनमा लैजान लागेको हुन सक्ने आशंकामा चोरमारा प्रहरी चौकीमा खबर गरेका थिए ।
स्थानीयबाट प्राप्त खबरको आधारमा प्रहरीले बालिकाको उद्दार संगै आरोपित कुमारलाई गिरफ्तार गरेको थियो । बालिकाको उद्दारपछि सोधपुछको क्रममा बालिका माथि बिभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट बलात्कार भएको घटना उजागर भएको थियो ।
पीडित बालिकाले मैखिक रुपमा गराएको जानकारी अनुसार प्रहरीले घटनामा सहयोगीको रुपमा भूमिका निर्वाह गरेको आरोप लागेकी लक्ष्मी कुमाल सहित आरोपित अन्य व्यक्तिहरुलाई गिरफ्तार गरेको हो ।
१४ वर्षीया बालिका माथि भएको बलात्कार घटनाको बिषयमा अहिले प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको एसपी मल्लले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमाका चार सहकारीबीच एकीकरण संगै एकीकृत कारोबार शुरु

Next Post ≫

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क