बुटवल, १३ कात्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ ।
अधिवेशनले केशवराज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद पौड्याल, सचिवमा लक्ष्मणप्रसाद ज्ञवाली र कोषाध्यक्षमा मेघराज पन्थ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा नलराज नेपाल, राजेश अधिकारी, बलराम न्यौपाने, मुक्तिनाथ गैह्रे, दुर्गादेवी गौतम आचार्य र कमल न्यौपाने निर्वाचित हुनुभएको छ ।
त्यस्तै तुल्सा शर्मा वाग्लेको संयोजकत्वमा पिताम्बर पन्थी र तुल्सीप्रसाद न्यौपाने सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ ।
त्यसअघि संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । सोही अवसरमा शेयर सदस्यका १८ जना जेष्ठ नागरिक अभिभावकलाई सम्मान गरिएको थियो ।
संस्थाका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालनमा भएको साधारण सभामा संस्थाका सल्लाहकार मोहनप्रसाद भण्डारी, धु्रव नेपाल, उपाध्यक्ष केशवराज पोखरेल, शेयर सदस्य गीता गौतम नेपाल, अम्मर बहादुर खड्का, मालिका सहकारी संस्थाका अध्यक्ष विमलराज घिमिरे लगायतले बोल्नुभएको थियो ।