कपिलवस्तु, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरी टोलीले ९२ ग्राम ब्राउन सुगर (खैरो हेरोईन) सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं.४ चाकरचौडामा भारतबाट एक व्यक्ति ठूलो परिमाणमा लागऔषध लिई नेपालतर्फ आईरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजांचको क्रममा जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका वडा नं.८ धनेशपुर बस्ने बर्ष २७ को बिजय खत्रीलाई ९२ ग्राम ४२ मिलि ग्राम लागु औषध ब्राउन सुगर ( खैरो हेरोईन) सहित पक्राउ गरेको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
निजको शरिर खानतलासी गर्दा निजले लगाएको भित्री वस्त्रभित्र कालो प्लाष्टिकको पोकोमा स–साना २२ वटा पोका लुकाई छिपाई राखेको उक्त परिमाणको लागु औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई लागु औषध मुद्दामा म्याद थप गरी कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।