Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७८ · 0
भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद
130
SHARES
ShareTweet

भैरहवा, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अबैधरुपमा नेपाल ल्याउंदै गरेको करिव २४ लाख बराबरको अबैध सामान बरामद गरेको छ ।
चेक जांच तथा अबैध सामन चोरी निकासी नियन्त्रणका लागि मंगलबार र बुधबार खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट अबैध रुपमा भारतबाट नेपाल ल्याइदै गरेको अवस्थामा उक्त मुलय बराबरको अबैध सामान सहित भारतिय नम्बर प्लेटको कार र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगर नगरपालिका १ का विभिन्न स्थानहुंदै भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु.२ लाख ५९ हजार ५६० मुल्य बरावरको कपडा लगाएतका सामानहरु बरामद गरेको छ । यस्तै सोही टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासमा विगत १ महिना अगाडी अवैध रुपमा भारतबाट धनगढीको भित्री स्थान हुँदै नेपाल प्रवेश गरेको यु पी २१ सी ई ४०६४ नम्बरको भारतीय नम्बर प्लेटको कार भारत प्रबेस गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त कारको भन्सार मुल्य १५ लाख कायम गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा रु २ लाख १६ हजार २०० बराबरको कुर्ता सुरुवाल–४९ पिस, चिनी–३ बोरा, सुट–१० पिस, सल–१० पिस र काँचो कपडा–३८ मिटर बरामद गरेको छ भने प्रहरी कार्यालय मझगावा मातहत प्रहरी चौकी दुर्गौलियाबाट खटिएको टोलले चिनी–३ बोरा र झाला–१० पिस गरी रु. १९ हजार बराबरको अबैध माल सामान बरामद गरेको छ । यसैगरी सिमा प्रहरी चौकी कदमहवाबाट खटिएको प्रहरी टोलीले रु. ३ हजार बराबरको १ बोरा चिनी बरामद गरेको छ ।
प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका –२ भगवानपुर चोकमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको रु. १ लाख ८० हजार बराबरको ६० पिस स्विमिङ प्याड बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडामा चेकजांच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याउँदै गरेको २१ पोका (२५२ पिस) लेडिज ब्रा, खजुर चकलेट १३ प्याकेट, स्नेकर चकलेट ७२ पिस, लेडिज कुर्ता सुरुवाल १७ थान र पनिर मसला ५० पिस गरी रु.७५ हजार ६४२ मुल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका–४ जिग्नामा चेकजांच गर्दा रु. १ लाख ३२ हजार मुल्य बराबरको यु पी ५५ एम ६०१७ र यु पी ५५ डी २३३० नम्बरको मोटरसाईकल सहित अबैधरुपमा मोटरसाईकलमा ल्याउंदै गरेको चिनी बरामद गरेको छ । प्रहरीले यसरी बिभिन्न ठाउंबाट बरामद भएका अबैध सामान सहित भारतिय नम्बर प्लेटका कार र मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध पटाका बरामद

Next Post ≫

खैरो हिरोइन सहित रुपन्देहीमा एक महिला पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क