Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७८ · 0
सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो
60
SHARES
ShareTweet

नियमित रुपमा लाइसेन्सका लागि फारम भर्न सकिने
काठमाडौं, ९ कात्तिक । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । गएको वैशाख १६ गतेदेखि कोरोना महामारीको कारण देखाएर बन्द गरिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।
कोरोना महामारीको कारण देखाएर ६ महिनासम्म आबेदन रोकिदा नयाँ चालकहरु समस्यामा परेका थिए । अब आबेदन प्रणाली खुला भएको र नियमित रुपमा सवारी चालक अनुमति पत्रका लागि फारम भर्न सकिने विभागले जनाएको छ ।
विभागका अनुसार कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमा आबेदन लिन थालिएको छ र कार्यालयहरुले पनि आफ्नो क्षमता अनुसार कोटा तोकेर आबेदन खुलाएका छन् ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ ।
सवारी चालक अनुमति पत्रका लागि नयाँ आबेदन दिनेहरुले यातायात व्यवस्था विभागको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
लाइसेन्सका लागि अँकभारमा आधारित परीक्षा प्रणाली लागू भएपछि अब प्रयोगात्मक परीक्षमा सामान्य गल्ती गरेपनि लाइसेन्स पाउन बाट बन्चित हुनुपर्ने छैन । नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएकाले नयाँ आबेदन कर्ताले परीक्षामा ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

≪ Previous Post

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध पटाका बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क