Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७८ · 0
प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई
100
SHARES
ShareTweet

प्रविण गाहा
गुल्मी, ९ कात्तिक । प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हातपार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानीय क्लव समेत रहेको रिभर साईडका खेलाडीहरु दर्शकको हुटिङ्गले थप उत्साहित भएका थिए ।
आयोजकलाई हराउंदै दारी होटल आँपचौर तृतीय भई सात हजार पाएको छ । खेलकुद महोत्सव अन्र्तगत पुरुष भलिवलमा ३९ टिमको सहभागिता रहेको थियो ।
रिभर साईड युवा क्लवले स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लवका क्याप्टेन तुलबहादुर गाहाले जानकारी दिनुभयो । स्थापनाकालमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्लवले करिव छ वर्ष पछि पुनःउपाधी हात पारेको हो ।
गत भदौमा बलिथुमको थाक्सी पोखरामा भएको भलिवलप्रतियोगितामा पनि रिभर साईड उपविजेता बनेको थियो ।
त्यस्तै खेलकुद महोत्सवमा महिला भलिवलको उपाधी लिम्घाको नमुना युवा क्लवले हात पारेको छ । उपविजेता बलिथुम युवा क्लव र शुभविहानी बलिथुम तृतीय भएका थिए ।
महोत्सवमा ब्याडमिन्टन, रसी तान्ने, भाले छोपाई, लङजम्प, घैटो फोड, म्युजिकल चियर, स्लो बाईक रेस, दौड, नृत्य प्रतियोतिा, बेलुन फुटाई लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । साथै निर्माता तिलक गाहाले बनाएको जुभूङ्ग संगै गुल्मीको विभिन्न स्थानमा छायांकन गरिएको गुल्मेली दाई चलचित्रको च्यारिटी शो समेत गरिएको थियो ।

≪ Previous Post

कल्याणकारी सहकारीद्वारा गुरुकुल आश्रमलाई खाद्यान्न सहयोग

Next Post ≫

सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क