Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारी सहकारीद्वारा गुरुकुल आश्रमलाई खाद्यान्न सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्याणकारी सहकारीद्वारा गुरुकुल आश्रमलाई खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७८ · 0
कल्याणकारी सहकारीद्वारा गुरुकुल आश्रमलाई खाद्यान्न सहयोग
60
SHARES
ShareTweet

बुटवल, ७ कात्तिक । सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाले बुटवल ७ मा अवस्थित नीलकण्ठ बावा धाममा संचालित धाम तथा गुरुकुल आश्रमलाई भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
कोभिडको महामारीसंगै धाममा भक्तजनहरुको आवागमन बन्दहुंदा आर्थिक संकलन प्रभावित भएकोले धाममा रहेका गुरुकुलमा अध्ययनरत विद्यार्थी(बटुक)हरुलाई खानाको व्यवस्थापनमा समस्या रहेको महशुस गरी सहकारीले भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न सामाग्री प्रदान गरेको सहकारीका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो ।
सहकारीका सदस्य राजु गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले यस क्षेत्रका विभिन्न आश्रम, मठ मन्दिर, लगायतका स्थानको अवलोकनगरी सबै भन्दा बढी समस्या रहेको नीलकण्ठ बावा धामलाई छनौट गरेर खाद्यान्न राहात सामाग्री प्रदान गरेको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
राहात सामाग्री ग्रहण गर्दै निलकण्ठ बावा धामका उपाध्यक्ष चुरामणी पौडेलले सहकारीले धामलाई छनोट गरी खाद्यान्न सामाग्री उपलब्ध गराएकोमा आभार प्रकट गदै गुरुकुल आश्रममा धेरै समस्या रहेकाले स्थानीय सरकारलाई यस तर्फ ध्यानाकर्षण गराउन नागरिक समाजले दवाव दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष दोल राज पाण्डे, कार्यक्रम संयोजक राजु गुरुङ लगायतले बोल्दै सबैले आफ्नो जन्म दिन तथा वैवाहिक बर्षगाँठ जस्ता कार्यक्रम धाममा आएर मनाउने हो भने धामलाई आर्थिक ब्यवस्थापनमा धेरै सहिज हुने धारणा राख्नुभयो । सहकारीले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गर्न ईच्छुकहरुलाई सहकारीले विहान ८ वजे सहकारी कार्यालय बुटवल विसक्याम्पमा आउन आग्रह समेत गरेको छ ।

≪ Previous Post

एम्बुलेन्स र मोटरसाईल ठोक्किदा बुटवलमा दुई जनाको मृत्यु

Next Post ≫

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क