Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७८ · 0
गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने
90
SHARES
ShareTweet

भैरहवा, ६ कात्तिक । जगन्नाथपुरी स्थित गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द नेपाल आउने कार्यक्रमको तयारी पुरा भएको आयोजकले बताएका छन् । रुपन्देहीको भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्न स्वामी श्री निश्चलानन्द कात्तिक ७ गते आइतबार नेपाल आउन लागेको धर्मसभा मूल आयोजक समितिका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
सभामा स्वामी श्री निश्चलानन्द सहित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका डा.रमणानन्द गिरी, डा. चिन्तामणी योगी, डा. गुरुप्रसाद सुवेदी, नेपाल बैष्णव परिषदका अध्यक्ष स्वामी देवराज आचार्य, स्वामी विवेकानन्द, स्वामी रघुनन्दन गिरी, स्वामी कमलनयनाचार्य, स्वामी स्वरुपानन्द सरस्वती, स्वामी दामोदरानन्द सरस्वती, स्वामी लोकानन्दजी, डा. लेखनाथ आचार्य, स्वामी निशेषनन्द, श्री महाराज, स्वामी निग्मानन्दहरुको सहभागिता हुने मूल आयोजक समितिका सदस्य ब्यासाचार्य किशोर गौतमले बताउनुभयो ।

सभामा स्वामी लोमस गिरी, डा. रबिन्द्र, राघबेन्द्र महाराज, दामोदर बाबा, धर्मपाल, योगी सोमराज, सन्त दिनदयाल, डा. गुरुप्रसाद, चैतन्य, शंकर पान्डे, जनकपुरी महाराज, बालयोगी जी, डा. रामचन्द्र, दीपक प्रकाश, शंकर खराल, डा. भोलानाथ योगी, सन्तोष पटेल, बाबा योगिराज सहित देशभरका सनातन धर्मका प्रकान्ड विद्वानहरुको उपस्थिति रहने ब्यासाचार्य गौतमले बताउनुभयो ।
कात्तिक ७ गते रुपन्देहीको कक्रहवा नाका (लुम्बिनी नजिकै) बाट नेपाल प्रवेश गर्ने शङ्कराचार्य स्वामी श्री निश्चलानन्दको स्वागत सीमामा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी सहित धर्मगुरुहरुले गर्ने कार्यक्रम तय भएको छ ।
हिन्दू धर्मका धर्माचार्य तथा धर्मगुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धित संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका हुन् । ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गर्नुभयो ।
डा. चिन्तामणी योगिले भन्नुभयो, “धर्मसभा पश्चात कार्यपत्र समेत प्रस्तुत हुनेछ । उक्त कार्यपत्रमाथि गहन रुपमा छलफल समेत हुनेछ ।” धर्मसभाको पुर्वसन्ध्यामा भैरहवामा शोभायात्रा निकाल्ने तयारी पनि भएको छ । शोभायात्रामा विभिन्न संघसंस्थाको संस्थागत सहभागिता रहने आयोजक समितिका सदस्य नरेन्द्र रौनियारले बताउनुभयो ।
शङ्कराचार्यको नेपाल बसाईलाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पुर्ण तरिकाले चुस्त रुपमा तयारी गरिएको कार्यक्रमका सहसंयोजक समेत रहनुभएका सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनुभयो । कक्रहवामा स्वागत, शोभायात्रा, धर्मसभा तथा सहभागिहरुकोलागि व्यवस्थित ढंगले व्यवस्थापन गर्नेगरी यथेस्ट संख्यामा स्वयंसेवक परिचालन गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक शिब मल्लले बताउनुभयो ।
सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनकोलागि शङ्कराचार्यको नेपाल भ्रमण प्रभावकारी हुने अपेक्षा गरिएको छ । विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहनुभएका जगन्नाथधामका प्रमुख श्री जगदगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द.सरस्वती जी महाराजलाई यसअघि नेपाल सरकारले राजकीय सम्मान सहित काठमाडौंमा तीन बर्ष पहिले तत्कालिन प्रधानमन्त्री के.पी शर्मा ओलिले सम्मान गर्नुभएको थियो । ०७५ बैशाख ३० गतेदेखि जेठ गते सम्म त्यतिबेला शङ्कराचार्यले नेपाल भ्रमण गर्नुभएको थियो ।
हिन्दूका चार धामका सर्वश्रेष्ठ शङ्कराचार्यको रुपमा रहनुभएका स्वामी श्री निश्चलानन्द भारतमा भारतीय प्रधानमन्त्री मोदिले पाउने उच्च स्तरको सुरक्षा पाउने एकमात्र धर्मगुरु हुनुहुन्छ ।

≪ Previous Post

सहकारीले नीति, लक्ष र उद्देश्य अनुरुप काम नगर्दा समस्या

Next Post ≫

एम्बुलेन्स र मोटरसाईल ठोक्किदा बुटवलमा दुई जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क