Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीले नीति, लक्ष र उद्देश्य अनुरुप काम नगर्दा समस्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारीले नीति, लक्ष र उद्देश्य अनुरुप काम नगर्दा समस्या

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७८ · 0
सहकारीले नीति, लक्ष र उद्देश्य अनुरुप काम नगर्दा समस्या
90
SHARES
ShareTweet

सहकारीको संख्यात्मक बृद्धिसंगै गुणात्मक बृद्धिमा जोड
तिलोत्तमा, ६ कात्तिक । सहकारीको संख्यात्मक बृद्धि भएपनि गुणात्मक बृद्धि हुन नसकेको भन्दै सहकारी अभियन्ताहरुले चिन्ता ब्यक्त गरेका छन् । सहकारीले उद्देश्य एउटा लिने र काम अर्कै गर्ने गरेका कारण सहकारीहरुमा समस्या आएको भन्दै उनीहरुले सहकारीले आफ्नो नीति, लक्ष र उद्देश्य अनुरुपका काम गरेमा समस्या नहुने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा रहेका दुरगामी बचत तथा ऋण सहकारी संस्था र डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्था एकिकरण भई बनेको डिङ्गरनगर दुरगामी बहुउद्देश्य सहकारी संस्था तिलोत्तमा–३, रुपन्देहीको शनिबार भएको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशनमा बोल्ने सहकारी अभियन्ताहरुले सहकारीले आफ्नो मर्म, भावना र उद्देशय अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
साधारण सभामा लुम्बिनी प्रदेश सहकारी कार्यालयका प्रमुख ज्ञानहरी पन्थीले सहकारीको संख्यात्मक बृद्धि भएपनि आर्थिक क्षेत्रमा फड्को मार्न नसकेको बताउनु भयो । उहांले सहकारीले आफ्नो उद्देश्य अनुरुप सहकारीका सदस्यहरुको हितमा उनीहरुलाई शसक्तिकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । डिङ्गरनगर दुरगामी बहुउद्देश्य सहकारी संस्था आफ्नो उद्देश्य अनुरुप अगाडि बढेको भन्दै उहांले सहकारीलाई वित्तिय सहयोगका साथै प्रवद्र्धन र तालिम लगायतका कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । उहांले सहकारी संग प्रदेश सरकार आर्थिक साझेदारी गर्न समेत तयार रहेको बताउनु भयो ।
साधारण सभामा सहकारीका अध्यक्ष घनश्याम तिवारीले सहकारीलाई तिलोत्तमा नगरकै उत्कृष्ट पहिचान बोकेको सहकारीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहांले शेयर सदस्यको बचतमा उच्च ब्याज र लगानीमा लाभांस प्रदान गर्न सफल भएको भन्दै सहकारी कर्जा लगानी ३७ करोड र ३३ करोड ४९ लाख बचत संकलन गरी सक्षम र सवल संस्थाका रुपमा स्थापित हुन सफल भएको बताउनु भयो ।
संस्थाका उपाध्यक्ष बलराम न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्यले बार्षिक बजेट सहित आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक रमेशबहादुर शाहीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका सल्लाहकार हरिप्रसाद तिवारी र बेलप्रसाद शर्माले सहकारीले सहकारीको उद्देश्य र मर्म अनुसार दुध तथा दुग्धजन्य पदार्थको उतपादन तथा खरिद विक्री गरेर उदाहरणिय काम गरेको भन्दै संस्थाले शेयर सदस्यहरुलाई उचित प्रतिफल दिने विश्वास ब्यक्त गर्नुभयो ।
२०७८ साल असार २७ गते एकिकरण भएको सहकारीका १७८९ जना शेयर सदस्य रहेका छन् । सहकारीले आर्थिक बर्ष २०७७÷७८ मा सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको शोक अनुदान कोषबाट संस्थाका दुई सदस्यको परिवारलाई जनही ३० हजारका दरले ६० हजार, औषधी उपचार वापत दुई जना दीर्घ रोगी सदस्यलाई जनही १० हजारका दरले २० हजार र प्रसुती पोषण खर्च बापत २१ जना महिला शेयर सदस्यलाई जनही १५०० सयका दरले सहयोग गरिएको सचिव रामबहादुर थापाले जानकारी दिनुभयो ।
सहकारीमा तिवारीको अध्यक्षतामा नयाँ समिति चयन
डिङ्गरनगर दुरगामी बहुउद्देश्य सहकारी संस्था लिमिटेड तिलोत्तमा–३, रुपन्देहीको शनिबार सम्पन्न प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशनले घनश्याम तिवारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिबेशनले १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक कुमार बहादुर सिंहले जनकारी दिनुभयो । अधिबेशनबाट उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा रामबहादुर थापा, कोषाध्यक्षमा सुरेन्द्रमान बज्राचार्य र सह कोषाध्यक्षमा राधा न्यौपाने चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा गुरुदत्त जैसी, केशरी पाण्डे, सनत गौतम, कृष्णलाल भुसाल, रिता शर्मा प्युठानी, पद्मा शाही, शालिकराम वस्ती र बिकास शर्मा चयन हुनुभएको छ ।

≪ Previous Post

उत्कृष्ट कार्यगर्ने प्रहरी ईन्चार्ज कुंवर, डिसुवा र बि क सम्मान सहित पुरस्कृत

Next Post ≫

गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क