Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्कृष्ट कार्यगर्ने प्रहरी ईन्चार्ज कुंवर, डिसुवा र बि क सम्मान सहित पुरस्कृत
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

उत्कृष्ट कार्यगर्ने प्रहरी ईन्चार्ज कुंवर, डिसुवा र बि क सम्मान सहित पुरस्कृत

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७८ · 0
उत्कृष्ट कार्यगर्ने प्रहरी ईन्चार्ज कुंवर, डिसुवा र बि क सम्मान सहित पुरस्कृत
120
SHARES
ShareTweet

भैरहवा, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला मातहत कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्दै आएको छ । पुरस्कृत र सम्मान गर्ने कार्ययोजना अनुसार गएको असोज महिनामा समग्र ईन्टेग्रीटी पक्षहरुको आधारमा उत्कृष्ट अंक प्राप्त गर्ने ३ जना प्रहरी ईन्चार्जलाई हाई इटिग्रीटी ईन्चार्ज अवार्ड र अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
उत्कृष्ट कार्य गरेवापत सम्मान पाउने र परस्कृत हुने ईन्चार्जहरुमा ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक मदन कुंवर, सिमा प्रहरी चौकी कदमहवामा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल योगिकुटीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बि.क. रहेका छन् ।
उनीहरुले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ, नागरिक सूचना कार्ड, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च अंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालयको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएका छ । यस्तै उनीहरुले आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याँकन गरी सम्मान सहित पुरस्कृत गरिएको हो । यस कार्यलाई जिल्ला प्रहरी कार्यालयले निरन्तरता दिदै आएको छ ।

≪ Previous Post

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु

Next Post ≫

सहकारीले नीति, लक्ष र उद्देश्य अनुरुप काम नगर्दा समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क