Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजार सकियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजार सकियो

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजार सकियो
100
SHARES
ShareTweet

५१ लाखको कारोवार, ११ हजार उपभोक्ता र ९२ लाख नयाँ नोट सटही
बुटवल, २५ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । दशैंको घटस्थापनाबाट सुरु गरिएको दशैं लक्षित सस्तो बजार सोमबार सकिएको हो । दशैं सस्तो बजारमा करिव ११ हजार उपभोक्ता आएको र बजार भित्र सरदर ५१ लाखको कारोवार भएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले जानकारी गराउनु भयो ।
दशैं सस्तो बजार सकिएसंगै बजारमा सहभागि स्टल धनीलाई संघले सम्मान पत्र प्रदान गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहितको टोलीले स्टल धनीलाई प्रशंसा पत्र प्रदान गर्दै संघको कार्यक्रममा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरेको थियो ।
सस्तो बजारमा नेपाल राष्ट्र बैंक मार्फत नयाँ नोट सटही गरिएको थियो । दशैं सस्तो बजारमा ९२ लाख ५० हजार रुपैंया बराबरको नयाँ नोट सटही गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीमा ग्लोवल आईएमई बैंकले सहयोग गरेको थियो । साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थान सहितका ३० वटा स्टल राखिएको थियो ।
त्यस्तैगरी दशैं सस्तो बजारमा खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, मसला, माछा मासु लगायतका दैनिक उपभोग्य सामाग्रीहरु समेत राखिएको थियो । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईएको संघका अध्यक्ष कसजूले बताउनु भयो । संघले प्रत्येक दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको थियो । यद्यपी कोरोना महामारीका कारण अघिल्लो वर्ष भने दशैं सस्तो बजार हुन सकेन । यो दशैं सस्तो बजारको २० औं संस्करणको हो । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो ।

≪ Previous Post

मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन

Next Post ≫

रुपन्देही प्रहरीद्वारा १२ लाख बराबरको सामान वरामद गरी भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क