Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७८ · 0
मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन
120
SHARES
ShareTweet

बुटवल, २४ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबिच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन जनाको सनाखत हुन सकेको छैन भने एक जनाको सनाखत भएको छ ।
युनिभर्सल मेडिकल कलेज आफ साइन्स (भैरहवा शिक्षण अस्पताल) का जनसम्पर्क अधिकृत सुशिल गुरुङका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उनको मृत्यु भएको दिनुभयो ।
प्रहरीले चलाएको गोली लागी घाईते भएका अन्य तीन जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा सर्वसाधारण रहेका छन् । भैरहवा शिक्षण अस्पतालमा मोतिपुर झडपमा परी घाईते भएका पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।
प्रहरीले सुकुम्वासीका नाममा अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी प्रहरी र सर्वसाधारण समेत घाइते भएका छन् । झडप भएको ठाउँ मोतिपुर औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि सुकुम्वासीका नाममा ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।
स्थानीय प्रशासनको आग्रह, अनुरोध र निषेधाज्ञाको अवज्ञा गर्दै सुकुमवासीका नाममा जग्गा अतिक्रमित भएको थियो । प्रशासनले पटक पटक आग्रह गर्दै अतिक्रमित जग्गा छाड्न आग्रह गरेपनि जग्गा कब्जा गरेका हरु सो ठाउंबाट हट्न नखोजेपछि आज प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले वल प्रयोग गरी गोली चलाउंदा चार जनको मृतयु भएको हो ।
गएको चैतमा तत्कालिन अर्थ मन्त्री विष्णु पौडेल लगायतका मन्त्री तथा दलका नेताहरुले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले ढुंगा मुढा गर्दै विरोध गरेका थिए ।
हाल सो क्षेत्रमा करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको छ । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै राजनैतिक दलको सहमति थियो ।

≪ Previous Post

नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजार सकियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क