Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान

संसारपोस्ट संवाददाता · २३ आश्विन २०७८ · 0
नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान
80
SHARES
ShareTweet

काँग्रेसले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड
तिलोत्तमा, २३ असोज । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा–३, रुपन्देहीले वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा समितिले शनिवार विजया दशमी, दीपावली, नेपाल सम्वत ११४२, छठ पर्व र ईदको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान, बधाई तथा सम्मान कार्यक्रममा वडा भित्र रहेका ७० वर्ष माथिका १२८ जना बृद्धबद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सोही अवसरमा साविक शँकरनगर गाविसमा नेपाली काँग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा योगदान पुर्याएका पार्टीका संस्थापक ओम प्रसाद पराजुली, नारायण प्रसाद गौतम र केशब शर्मा तिवारीलाई दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरिएको थियो भने पछिल्लो समय पार्टीका हेरक गतिविधिमा विशेष योगदान गरेका १८ जनालाई विशेष सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत हालै सम्पन्न पालिका तहको अधिबेशनबाट निर्वाचित तिलोत्तमा नगर समितिका पदाधिकारी तथा तिलोत्तमा १, २ र ४ का वडा सभापतिहरुलाई वडा समितिको तर्फबाट बधाई सहित सम्मान गरिएको थियो ।
सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले सबै अट्ने, सबैलाई समेट्ने र सबैको अनुहार भेटिने एशियमै उत्कृष्ट पार्टी नेपाली काँग्रेस भएकाले आन्तरिक मनमुटावलाई थाती राखेर पार्टीका सबै कार्यकर्ता संगठन वलियो बनाउने अभियानमा जुट्नु पर्ने बताउनु भयो ।
कम्युनिष्टहरुले दुई तिहाईको सरकार चलाउन नसकेका कारण काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको प्रसंग उल्लेख गर्दै उहांले यो घटनाले कम्युनिष्टहरुले अवसर पाए पनि शासन सत्ता चालउन सक्दैनन् र अब मुलुकमा काँग्रेसको विकल्प छैन भन्ने कुरा प्रष्ट भएको बताउनु भयो । वडा समितिले बृद्धबृद्धालाई सम्मान गरेर नेपाली काँग्रेसले आफ्नो परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्छ भन्ने सन्देस दिएको उल्लेख गर्दै उहांले अवको निर्वाचनमा परिणाम काँग्रेसको पक्षमा आउने गरी पार्टीलाई चलायमान वनाउदै जनताका समस्या सम्वोधन गर्ने खालका कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले जनता अब कम्युनिष्टका झुठा आश्वासनको पछि नलाग्ने भन्दै आउने निर्वाचनमा तिलोत्तमा नगर र सबै वडामा नेपाली काँग्रेसलाई विजयी वनाउने संकल्पका साथ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
वडा नम्वर ३ का वडा सभापति केशरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य चित्र केसी, काँग्रेस रुपन्देहीका पूर्व उपसभापति मनोरमा शेरचन, महाधिबेशन प्रतिनिधि चिरन्जिवी पौडेल, काँग्रेस जिल्ला सदस्य हरि प्रसाद तिवारी, काँग्रेस प्रदेश २ क का सभापति माधवलाल देवकोटा, काँग्रेस शँकरनगरका संस्थापक सचिव ओमप्रसाद पराजुली, वडा नम्वर ४ का सभापति किशोर सुवेदी, पार्टीका रम्भादेवी टोलका सभापति रामप्रसाद पन्थी, नेपाल शिक्षक संघ तिलोत्तमा नगर सचिव नारायण ज्ञवाली, वडा सचिव दिनेशमणि सुवेदीलगायतले बोल्दै पार्टीका हेरक कार्यक्रम जनतालाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिनुभयो । चर्का र सस्तो लोकप्रियताका लागि गरिने भाषणले कुनै अर्थ नराख्ने भन्दै उहांहरुले जनताका समस्या पहिचान गरेर समाधान सहितका कार्यक्रमले मात्र जनताको मन जित्न सकिने र जनताको मन जितेर प्राप्त हुने मतले काँग्रेसले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्ने भएकाले हरेका गतिविधि जनतालाई सम्वोधन गर्ने खालका गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका वडा उपसभापति पदम बहादुर पौडेलले स्वागत र सचिव नेत्रबहादुर अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा रन्जित घले र रामप्रसाद खनाल नेपाली काँग्रेसमा प्रबेश गर्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी

Next Post ≫

मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क