Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी

संसारपोस्ट संवाददाता · २३ आश्विन २०७८ · 0
लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी
120
SHARES
ShareTweet

बुटवल, २३ असोज । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको बताउनु भएको छ । आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्तरक्रिया गरेर किसानका समस्या पहिचान गरेकाले अव कृषि मन्त्रीको रुपमा किसानका समस्या समाधान गर्ने उहांले बताउनु भयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउंदै हेफर लगायतका संघ–संस्थाहरुसंग सहकार्य गरेर कृषि क्षेत्रको ब्यवसायिकतामा जोड दिने बताउनु भयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषि मैत्री बजेट ल्याएको उल्लेख गर्नुभयो । कोरोना संक्रमण पछि विदेशमा गएका युवाहरु स्वदेश फर्केर स्वदेशमै कृषि क्षेत्रमा लगानी गर्न चाहेको बताउंदै उहांले कृषिमा लगानी गर्ने युवालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा मासुजन्य उत्पादनको लागि हेफरले नेपालका कृषकहरुलाई सहयोग गर्दै आएको जानकारी गराउनु भयो । सिमान्कृत जनताको आयआर्जन बृद्धि गर्दै अमेरिकी सरकारको सहयोगमा २१ वटा मुलुकमा हेफरले सहयोग गर्दै आएको बताउंदै उहांले किसानको आयआर्जन बृद्धि गर्नको लागि नेपालमा मासु र दुग्ध जन्य उत्पादनमा जोड दिंदै तरकारी र फलफुल उत्पादनमा पनि हेफरले लगानी गर्दै आएको बताउनु भयो । बुटवलमा बन्दै गरेको बधशाला निर्माणको लागि हेफरले २३ करोड सहयोग गरेको लोहनीले बताउनु भयो ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार हेफरबाट लाभान्वित भएको दाबी गर्नुभयो । हेफरले गरिब तथा निम्न आय भएका मानिसहरुको आयबृद्धिको लागि कृषि क्षेत्रमा प्रोत्साहन गर्दै आएको र आफ्ना कार्यक्रमलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको समेत उहांले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको गुनासो गर्नुभयो । सरकारबाट आउने अनुदान फर्जी कागज देखाएर नक्कली किसानले पाउने गरेको बताउँदै उहांले यसलाई रोक्नको लागि सरकारी निकाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा प्रशंसा गर्दै रिपोर्टर्स क्लवले हेफर ईन्टरनेश्नल नेपाललाई सम्मान पत्रले सम्मान गरेको छ । क्लबका अध्यक्ष राम कुमार क्षत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावना माविद्वारा सम्मान

Next Post ≫

नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क