Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावना माविद्वारा सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावना माविद्वारा सम्मान

संसारपोस्ट संवाददाता · २३ आश्विन २०७८ · 0
उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावना माविद्वारा सम्मान
70
SHARES
ShareTweet

तिलोत्तमा, २३ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी एमबिबिएस÷बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस÷बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गैरहेको बताउनुभयो ।
उहाँले जनभावना माविका विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्नु गुणस्तरीय शिक्षाको प्रमाण भएको बताउँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि अव्बल र सक्षम हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको स्पष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयमा भौतिक पूर्वाधार विकासका काम समेत अघि बढिरहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले समयको माग अनुरुप विद्यार्थीका लागि अध्ययनको वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालयमा थप अर्को सुविधासम्पन्न भवन निर्माणको लागि डिपिआरको काम अघि बढेको जानकारी दिनुभयो । शिक्षक शालिकराम भुसालको सञ्चालन तथा शिला घिमिरेको स्वागतमा कार्यक्रम भएको हो । विद्यालयमा हाल झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

≪ Previous Post

९ लाख मूल्य बराबरको अबैध पटाका बरामद

Next Post ≫

लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क