भैरहवा, २२ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५सय ७५ किलोग्राम भन्दा बढी अबैध पटका सहित कारोवारमा संलग्न मानिसलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वुटवल उप–महानगरपालिका वडा नं. ११ मजुवा स्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने बिस्मिल्ला मियाको पसल खानतालासी तथा चेकजाँच गरी बिभिन्न आकार र साईज तथा नामका १५ हजार ३८१ प्याकेट अबैध पटाका बरामद गरेको हो । बरामद भएको पटाका तौल गर्दा ५७५ किलो र सो को अन्दाजी मुल्य रु.९ लाख बजार पर्ने प्रहरीले जनाएको छ ।
प्रहरीले पटाका संगै पसल संचालक जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.–७ स्थाई वतन भई हाल जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.–११ मजुवा बस्ने बर्ष ३१ को बिस्मिल्ला मियालाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी गराउनु भयो ।