Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0
सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव
70
SHARES
ShareTweet

बुटवल, २२ असोज । सहकारीहरुमा थोरैथोरै रकम जम्मा गरेर भविष्यको सपना देखेका सदस्यहरुको विश्वास जोगाई राख्नेतर्फ ध्यान दिन सहकारी अभियन्ताहरुले सुझाव दिएका छन् । नाम अनुसारको काम सम्पादनमा ध्यान नदिदा सहकारीमाथिको विश्वास गुम्ने खतरा बढेको उल्लेख गर्दै उनीहरुले सहकारीले बचत गर्ने र ऋणप्रवाह गर्ने मात्र नभई उत्पादनमुलक क्षेत्रमा जोड दिन आग्रह गरे ।
रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने सहकारी अभियन्ताहरुले सहकारीमा अव उत्पादनमुलक योजना ल्याउनुको विकल्प नभएको बताएका हुन् ।
शुक्रबार साधारण सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सांसद रमा अर्यालले सहकारीलाई उत्पादनमुलक कार्य गर्न र सो क्षेत्रमा लगानी प्रवाह गर्न सुझाव दिनुभयो । उहाँले थोरैथोरै रकम जम्मा गरेर भविष्यको सपना बुनेका शेयर सदस्यको सारथी बन्दै सहकारीहरु उत्पादनको क्षेत्रमा सक्रिय हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश बिशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरु बचत तथा ऋण लगानीमै खुम्चिएका कारण ठुलो रकम बचतमै सीमित भएको बताउनुभयो । उहाँले सहकारीमा जम्मा भएको रकमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी बचत कर्तालाई उचित प्रतिफल दिनुपर्ने सुझाव दिनुभयो ।
ईन्द्रेणी सहकारीका अध्यक्ष धुव्रकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संरक्षक भुपाल कुमार श्रेष्ठ, बाबुराम राना, सहकारीका पुर्व अध्यक्ष मित्रबहादुर शाक्य, शिवलाल राना, उपाध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले सहकारीहरुलाई सिद्धान्त संचालन गर्नु पर्नेमा जोड दिनुभयो । संस्थाका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले ७४ करोड ६२ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुई हजार दुईसयबढी सदस्य रहेको सहकारीले आफ्ना सदस्यका लागि ४ करोड ५४ लाख ५२ हजार लघुवित्त कर्जा, एक करोड ५० लाख ५९ हजार लघुउद्यम र ५ करोड ३९ लाख ८१ हजार नियमित कर्जा प्रवाह गरेको छ । यस्तै सहकारीले विभिन्न शिर्षकका ४३ करोड ६२ लाख १९ हजारबढी रकम शेयर सदस्यका लागि लगानी गरेको कोषाध्यक्ष श्रीसले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ शेयर सदस्यद्वय आनन्दराज बज्राचार्य र गंगादेवी गाहालाई सम्मान गरिएको थियो ।

≪ Previous Post

मोतिपुर औद्योगिक क्षेत्रको अवरोध राजनैतिक रुपमा सम्बोधन गर्न व्यवसायिक संघसंस्थाहरुको आग्रह

Next Post ≫

९ लाख मूल्य बराबरको अबैध पटाका बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क