Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा १२ लाख बराबरको सामान वरामद गरी भन्सार चलान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा १२ लाख बराबरको सामान वरामद गरी भन्सार चलान

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७८ · 0
रुपन्देही प्रहरीद्वारा १२ लाख बराबरको सामान वरामद गरी भन्सार चलान
100
SHARES
ShareTweet

भैरहवा, २५ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न ठाउंबाट करिव १२ लाख बराबरको अबैध साममान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिका –९महजिदियामा युपी ५५ डी ७०६८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको बिभिन्न कम्पनीको मोबाईलका १०० थान डिष्प्ले र मोटरसाईकल बरामद गरेको छ । यस्तै सोही टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.४ गल्लामण्डीमा लु ४ प १८९० नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा ल्याएको काचो कपडा–१७ थान, जिन्स पायन्ट–५० थान, सर्ट–७० थान, लेडिज टप्स–३८ थान र सेट टप्स–१६७ थान बरामद गरेको छ । प्रहरीले बरामद गरेका मोबाईलका डिष्प्ले, मोटरसाईकल तथा लत्ताकपडा सहितको मुल्य ७ लाख ७० हजार कायम गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिद्धार्थ नगरपालिका–१, मा अवैध रुपमा भन्सार छली भारतवाट नेपालतर्फ ल्याउँदै गरेको सुट १६ थान, टप्स १०७ थान, लेगिज १२ थान, जुस १७ वोतल, ब्रा १४ प्याकेट, चप्पल ५० जोर, लेज २ वोरा र ईमिली ५ किलो सहितका अवैध सामान बरामद गरेको छ । बरामद भएको सामानको मुल्य १ लाख ८८ हजार ५०० कायम गरिएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्विनी सांस्कृतिक नगरपालिका–१, खुनगाईमा चोरी निकासी पैठारी गरी भारततर्फ लैजान स्टोर गरिराखेको मुल्य १ लाख ७ हजार २५० रुपैयाँ बराबरको ३९ बोरा मटर (९ क्विन्टल ७५ के.जि.) बरामद गरेको छ ।
यस्तै वडा नम्वर ११ मसिनामा भारतबाट अवैध रुपमा ल्याउदै गरेको बच्चाको सर्ट–१७ पिस, बच्चाको पाईन्ट–४ पिस, बच्चाको टिसर्ट–२१ पिस, बच्चाको सर्टपाइन्ट–१६ जोर, बच्चाको पेन्टि–१७ पिस, पाले डिजसल(चुन्नी)–१० पिस, ह्याङकी रुमाल–२८ पिस, खादा–७ पिस, लेगिज–१५ पिस सहित विभिन्न किसिम्का लत्ताकपडा बरामद गरेको छ । सोही नगरपालिकाको वडा नम्वर १० महिलावारमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको १० के.जि. गुच्चा, ५० के जि. चिनी र एक पेटि प्लास्टिक को गिलास तथा वडा नम्वर १३ कालिदहमा सुर्ती २५ के.जि.सहित १ लाख ४४ हजार ७५० बराबरको अवैध सामान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका –९ ईटाभट्टीमा भन्सार छली पैठारी गरी ल्याउँदै गरेको ४५ हजार मुल्य बराबरको ७० पिस झ्याल ढोकाको पर्दा बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी चनौलिबगाहबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका–१ मा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मोजा,लेगिज,चामल प्याकिङ गर्न प्रयोग गरिने प्लास्टिक प्याकेट गरी ३० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका –१३ ठुलो वडबलियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको १३ हजार मुल्य बराबरको सुर्ती ३० के.जि. बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न ठाउंबाट बरामद गरेको करिव ११ लाख ९१ हजार २५० बराबरको अबैध सामान स्थानीय व्यक्तिहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजार सकियो

Next Post ≫

आज नवरात्रीको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क