काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाले सरकार गठन भएको झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
सत्ता गठबन्धनमा रहेका चारै दलबाट मन्त्री नियुक्त गरिएको छ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिए लगत्तै देउवाले चार जना मन्त्री समवेश गरेर सानो आकारको मन्त्रीमण्डल बनाउनु भएको थियो ।
मन्त्रीको सूची
