Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७८ · 0
दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक
80
SHARES
ShareTweet

तिलोत्तमा, २१ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, स्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयले दशै तिहारको शुभकामना आदान प्रदान संगै विद्यालयको १० बर्षे गुरुयोजना सार्वजनिक गरेको छ ।
विजया दशमीको घटस्थापनको अवसर पारेर विद्यालयले बिहीबार विद्यालयको आन्तरिक गतिविधि संगै विद्यालयको गुरुयोजना सार्वजनिकरण गरेको हो । विद्यालयले बिहीबार नै विद्यालय प्रबेशद्वार, पुस्तकालय, आईसीटी र विद्यालय प्राङ्गणमा निर्मित खेल मैदानको उद्घाटन् गर्नुका साथै विद्यालयको गुरुयोजना सार्वजनिक गरेको हो ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालय हाता भित्र निर्मित विभिन्न संरचनाको उद्घाटन र गुरुयोजना सार्वजनिक गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले शैक्षिक हवको रुपमा विकास हुंदै गैरहेको विद्यालयको समग्र विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गरिराख्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यालयको भावि योजना र अहिलेसम्म भएका कार्य प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नम्वर २ का अध्यक्ष दधिराम गौतम, पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठलगायतले बोल्दै विद्यालयको शैक्षिक तथा भौतिक विकास संगै विद्यालयमा धेरै भन्दा धेरै विद्यार्थी आकर्षण गर्ने खालका कार्यक्रम विद्यालयले संचालन गर्नुपर्ने सुझाव राख्नु भयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै

Next Post ≫

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क