Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै
90
SHARES
ShareTweet

तीस स्टलमा एक बस्तु, एक पसल
बुटवल, १९ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्ेदहीले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन गर्दैछ ।
संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थानका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो ।
उहाँका अनुसार सस्तो वजारमा एक बस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।
यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरी दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्री, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा करिव साढे सातलाख बराबरको अबैध सामान बरामद

Next Post ≫

दुर्गादत्त मावि तिलोत्तमा रुपन्देहीको १० वर्षे गुरुयोजना सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क