Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा करिव साढे सातलाख बराबरको अबैध सामान बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा करिव साढे सातलाख बराबरको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७८ · 0
रुपन्देही प्रहरीद्वारा करिव साढे सातलाख बराबरको अबैध सामान बरामद
90
SHARES
ShareTweet

भैरहवा, १९ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर नेपाल भित्र्याउंदै गरेको साढे सात लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाईबाट खटिएको प्रहरी टोली जिल्लाका बिभिन्न ठाउंबाट सात लाख ४६ हजार सात सय रुपैयाँ बराबरको अवैध सामान स्थानीयको रोहबरमा बरामद गरेको हो ।
ती सामान भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई–३, गुलरियाबाट युपी ५३०५५ र युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा मोटरसाइकल सहित बरामद गरेको छ । बरामद सामान र मोटरसाईकलको मुल्य दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मर्चवारी–७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका सहित पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ किलो, र चिनी ५० किलो गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–६ गल्लामण्डीबाट बा १४ प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा भारतबाट ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको प्रहरी टोलीले मायादेवी–६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी र एक बोरा सरफ गरी नौ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशका १२ जिल्लाका ४४ ठाउंमा यात्रु सहायता कक्ष संचालन

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क