Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दलगत पत्रकारिताका कारण वास्तविक र तथ्य कुरा ओझेलमा : मुख्यमन्त्री केसी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दलगत पत्रकारिताका कारण वास्तविक र तथ्य कुरा ओझेलमा : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0
दलगत पत्रकारिताका कारण वास्तविक र तथ्य कुरा ओझेलमा : मुख्यमन्त्री केसी
110
SHARES
ShareTweet

दलगत पत्रकारिताका कारण वास्तविक र तथ्य कुरा ओझेलमा : मुख्यमन्त्री केसी
भैरहवा, २२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पत्रकारले सत्य तथ्य समाचार सम्प्रेषण गरेमा मुलुक नै परिवर्तन हुने बताउनु भएको छ । देश परिवर्तनको लागि पत्रकारिता अपरिहार्य रहेको औल्याउंदै मुख्यमन्त्री केसीले मुलुकमा दलगत पत्रकारिताका कारण वास्तविक र तथ्य कुरा ओझेलमा परेको उल्लेख गर्नुभयो ।
शुक्रबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले स्थापना गरेको पर्यटन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याउन आग्रह गर्दै पर्यटन क्षेत्रका अब्बल लेख रचना र समाचार सम्प्रेषण गरेमा पर्यटन विकासमा टेवा पुग्ने बताउनु भयो । पत्रकारिता पेसा सम्मानित भएपनि आर्थिक रुपले सक्षम नभएकाले पत्रकारिता गर्नु जटिल विषय भएको उहांले बताउनु भयो ।
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्यटन नगरिमा रहेर पर्यटन प्रवद्र्धनमा पत्रकारहरुले सहयोगी भूमिका निर्वाह गरेको बताउँदै नेपाल सरकारले पनि पर्यटन विकासका सम्भावित ठाउँलाई पहिचान गरि प्रवद्र्धन गरेमा विकासले फड्को मार्ने बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले पत्रकारले कलम चलाएकै भरमा देश तथा नगरको मुहार फेर्न सक्ने भन्दै समाचारमा समस्या मात्रै उठान नगरी समाधान गर्ने विकल्प समेत दिएमा काम गर्ने निकायलाई सहज हुने बताउनु भयो । सिद्धार्थनगरले पर्यटन प्रवद्र्धनका लागि २०५४ सालदेखि पत्रकारिता पुरस्कार स्थापना गरेर वितरण गरेको बताउँदै उहांले सिद्धार्थनगर पर्यटकीय नगर भएकोले प्रदेश सरकार र संघीय सरकारले विकासको लागि प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारकारिता सम्वेदनसिल पेसा रहेको र स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पत्रकारलाई राहत र सहयोग हुने कार्यक्रम नल्याएको गुनासो गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग र पर्यटनको विकास गर्न सके देश विकास हुने भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले विकासका लागि योजना बनाएर अगाडि बढे निजी क्षेत्रले साथ र सहयोग गरेर अगाडि बढ्न तयार भएको बताउनु भयो । कार्यक्रममा सानका अध्यक्ष सिपी श्रेष्ठ, भैरहवा मर्निङ्वाक गु्रपका संस्थापक अध्यक्ष विजय सागर लगायतले मन्व्य राख्नुभएको थियो ।
भुवन कुमारी स्मृति पुरस्कार रायमाझीलाई
लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पुरस्कार २०७७ बाट पत्रकार कमल रायमाझी सम्मानित हुनुभएको छ । पत्रकार कुलमणि ज्ञवालीको संयोजकत्वमा संकृतिविद् प्रा.डा. गितु गिरी, पर्यटन कार्यलय भैरहवाका प्रमुख र क्लबका कार्यसमिति सदस्य शशी पन्थी सहितको मूल्याङ्कन उपसमितिले रायमाझीलाई पर्यटन पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
भैरहवा क्षेत्रमा रहेर १३ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका रायमाझी फिचरलेखन, खोज तथा अनुसन्धानमुलक लेख र समाचार गरी लुम्बिनी, तिलौराकोट र रामग्राम सम्मका पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि समाचारका माध्यमबाट महत्वपुर्ण भूमिका खेलेकाले उक्त पुरस्कार प्रदान गरेको मूल्याङ्कन समितिले जनाएको छ । अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले आफ्नो आमाको सम्झनामा स्थापना गरेको पर्यटन पुरस्कार यस अघि पत्रकार दिपेन्द्र बडुवाललाई प्रदान गरिएको थियो ।

≪ Previous Post

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

Next Post ≫

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क