Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रहरी दिवसको पूर्वसन्ध्यामा कपिलवस्तु प्रहरीद्वारा रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी दिवसको पूर्वसन्ध्यामा कपिलवस्तु प्रहरीद्वारा रक्तदान

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७८ · 0
प्रहरी दिवसको पूर्वसन्ध्यामा कपिलवस्तु प्रहरीद्वारा रक्तदान
60
SHARES
ShareTweet

कपिलवस्तु, १९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६६ औँ प्रहरी दिवशको अवसरमा रक्तदान गरेको छ । यही असोज २० गते मनाउन लागिएको ६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा मंगलवार एक दिने रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनु भयो ।
रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी र पत्रकार गरी ५६ जनाले रक्तान गरेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्की, ३ जना प्रहरी निरीक्षक, ६ जना प्रहरी महिला कर्मचारी गरी ५५ जना र पत्रकार महासंघका सचिव जानु पाण्डे गरी ५६ जनाले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक दान बहादुरकार्कीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दान गरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्य सम्बन्धी समस्या रहेका नागरिकको जीवन रक्षामा उपयोग हुने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटिका ल्याब टेक्निसियनहरुको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले प्रहरी कर्मचारीहरुले जिल्लाको शान्ति सुरक्षा तथा चोरी तष्करी नियन्त्रणमा अहम भूमिका खेल्नुका साथै रक्तादान जस्तो पवित्र काम गरेर मानविय सेवामा समेत महत्वुपुर्ण टेवा पुर्याउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

वेवारिसे सामान बरामद
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–२, कुदान स्थित तौलिहवा मर्यादपुर सडक छेउको किनारमा वेवारिसे अवस्थामा राखिएको दैनिक उपभोग्य बस्तु बरामद गरेको छ । प्रहरीले बरामद सामानको अन्दाजी मुल्य १ लाख ३२ हजार ९५० कायम गरी आवश्यक कारवाहीका लागि सुठौली भन्सार कार्यालयमा बुझाएको छ ।

≪ Previous Post

तिलोत्तमाको शुभ बिहानी टोलमा नयाँ नेतृत्व चयन

Next Post ≫

लुम्बिनी प्रदेशका १२ जिल्लाका ४४ ठाउंमा यात्रु सहायता कक्ष संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क