तिलोत्तमा, १९ असोज । शुभ बिहानी टोल विकास संस्था तिलोत्तमा नगरपालिका–३, रुपन्देहीको मंगलबार सम्पन्न दोस्रो अधिबेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
टोल बासीहरुको आम भेला मार्फत गरिएको अधिबेशनले रामप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको संस्थाका सल्लाहाकार डम्बरबहादुर थापाले जानकारी गराउनु भयो । संस्थाको उपाध्यक्षमा गिरबहादुर थापा, सचिवमा प्रेमकला भट्टराई, कोषाध्यक्षमा सावित्रा थापा तथा सदस्यहरुमा केहरसिंह राना, कमला अर्याल रेग्मी, निलप्रसाद काउचा, मिना पन्थी, हर्कबहादुर राना, विष्णुप्रसाद भट्टराई र शान्ति कार्की रहनुभएको छ । समितिको कार्यकाल २ बर्षको हुने छ ।
यसअघि भएको अधिबेशन उद्घाटन सत्रमा संस्थाका अध्यक्ष चित्रबहादुर सुबेदीले संस्थाले तिलोत्तमा नगरपालिका संगको साझेदारीमा टोल भित्र सडक निर्माण, विद्युतीकरण, सरसफाई, राजमार्गमा हरियाली प्रवद्र्धन तथा सिप विकास तालिम संचालन गर्दै आएको जानकारी गराउनु भयो । उहांले संस्थाले नगरपालिका बाट प्राप्त अनुदान र उपभोक्ताबाट बचत संकलन गरी टोलको विकास तथा आवश्यक्ता अनुसारको काम गर्दै आएको बताउनु भयो ।
संस्थाका सचिव रामप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष लिलावती पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नगर पालिकाबाट प्राप्त अनुदान, ब्याज, उपभोक्ताबाट संकलन र भुक्तानी दिनुपर्ने सहित आर्थिक वर्ष ०७५\०७६ देखि २०७७\०७८ सम्म संस्थामा ९ लाख १३ हजार ९०७ रुपैयाँ आम्दानी भएको जनाकारी गराउनु भयो । आम्दानी बाट टोल भित्रका विभिन्न काममा ८ लाख ६० हजार २९४ रुपैयाँ खर्च भई १८ हजार ५४३ रुपैयाँ बचत भएको कोषाध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।