Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा नगर प्रमुख घिमिरेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगर प्रमुख घिमिरेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७८ · 0
तिलोत्तमा नगर प्रमुख घिमिरेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
60
SHARES
ShareTweet

तिलोत्तमा, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानुनी कार्वाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्य तथ्य छानविन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक पटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन र विरोध दिनानुदिन बढ्दै गैरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ ।
यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको समेत नगरपालिकाले स्पष्ट पारेको नगर प्रमुख घिमिरेले बताउनु भयो । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं. ८ चार नम्बर माइत भएकी २७ बर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राममा आफ्नै घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भैरहेका छन् । विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाह समेत प्रभावित भएको छ ।
यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषी उपर कार्वाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

≪ Previous Post

समाजवादि युवा संघ बुटवलमा ५१ सदस्यीय नगर समिति

Next Post ≫

तिलोत्तमाको शुभ बिहानी टोलमा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क