बुटवल, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादि युवा संघको बुटवलमा सोमबार भएको भेलाले सुरज हितान मगरको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन भएको छ ।
पार्टीलाई उपेन्द्र यादवको नेतृत्व गएपनि भातृ संगठनहरु पनि सक्रिय बनाउने अभियान अन्तर्गत बुटवलमा युवाहरुको उपमहानगरपालिकामा कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना गुरूङ्ग, राजु परियार र सन्देश बुढा, सचिवमा भरत पौडेल, सह–सचिव गणेश न्यौपाने र कोषाध्यक्षमा अलि हुसेन रहनुभएको छ । कार्य समितिको सदस्यहरुमा आकाश क्षेत्री, सुरज तुलाचन, रोहित आलेमगर, कमल खराल, आश्विन आले मगर, चेतन थापा र लक्की क्षेत्री रहनुभएको छ ।
लुम्बिनी प्रदेश सह ईन्चार्जमा कमल खनाल, मुख्य सचिवमा यज्ञ पोख्रेल, दलित प्रदेश अध्यक्षमा सावित्री विक, केन्द्रिय सदस्य पंकज राई, विमल गिरी लगायतले सम्वोधन गर्दै युवाहरुलाई पार्टी भित्र संरक्षण गर्दै देश विकासका काममा अगाडि बढाउनु पार्टीको मुख्य दायित्व रहेको बताउनु भयो ।
भेलाले एक वर्ष भित्र नयाँ कमिटि गठन गर्ने गरी यो नेतृत्व चयन गरेको पार्टीका केन्द्रीय सदस्य पंकज राईले जानकारी गराउनु भयो ।
